चीनसँगको व्यापारयुद्ध अन्त्य गर्ने ट्रम्पको संकेत

असार ४, २०७६

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापारिक तनाव घट्ने संकेत दिएका छन् । यो संकेत पाएपछि विश्व बजारमा शेयर बढेको छ । 

ट्रम्पले ट्वीट गर्दै भने, ‘चीनका राष्ट्रपति शी चिनफिङसँग टेलिफोनमा राम्रो कुराकानी भएको छ । अर्को हप्ता हामीहरू जापानमा जी–२० सम्मेलनमा भेट्दैछौं । हाम्रो टीमले यो भेटघाटअघि नै वार्ता गर्नेछ ।’


ADVERTISEMENT

ट्रम्पको ट्वीट आएको केही मिनेटमा नै अमेरिकाको शेयर बजारमा सकारात्मक रुझान देखियो । अनि विश्वका अन्य बजारमा पनि शेयर वृद्धि भयो । 

ट्रम्पको संकेतले संसारभरिका लगानीकर्तालाई राहत मिल्ने बजार विश्लेषकहरूले बताएका छन् । उनीहरू व्यापारयुद्ध जारी रहँदा निकै दबाबमा परेका थिए । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार, अमेरिका र चीनबीच व्यापारयुद्ध चल्दा विश्वको अर्थव्यवस्था सुस्त बनेको छ । व्यापारयुद्धका कारण कच्चा तेलको माग कमजोर भएको छ र यसले गर्दा तेलको दाम घटेको छ । तनाव कम भएपछि तेलको दाम बढ्ने देखिन्छ ।

एजेन्सी 

असार ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार