वरिष्ठ प्रहरी कमाण्डर र तीन तालिवान लडाकू मारिए

असार ४, २०७६

शराना- अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको याह्या खिल जिल्लामा बुधवार भएको झडपमा एक वरिष्ठ प्रहरी अधिकृत र तीन आतङ्ककारी मारिएका छन् ।  

प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहमद आर्यानले तालिबान लडाकू समूहले बार्माल जिल्लाका प्रहरी प्रमुख मोहमद आयुब थान्दारको सवारी साधनमाथि आक्रमण गरेपछि तालिवान र सुरक्षाकर्मीबीच झडप शुरू भएको जानकारी दिए । 


ADVERTISEMENT

तीन घण्टासम्म जारी यस झडपमा परी जिल्ला प्रहरी प्रमुख र तीन तालिवान लडाकूको ज्यान गएको विज्ञप्तिमा जनाइएको छ । यस झडपको क्रममा तीन लडाकू र जिल्ला प्रहरी प्रमुखका सहयोगी घाइते भएका छन् । 

उक्त झडप र लडाकू पक्षको क्षतिको विषयमा तालिवान समूहले कुनै टिप्पणी गरेको छैन । 

असार ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार