×

NMB BANK
NIC ASIA

माइतीघरमा हजारौंले गरेको फोहोर उठाउँदै ३ जना ! व्यापारीको ध्यान कमाइमा

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गुठी विधेयकविरुद्ध काठमाडौंको माइतीघरमा भएको प्रदर्शनका क्रममा २ जना व्यक्ति बुधवार फालिएका पानीका बोतल, जुसका बट्टा, काजहरू बोरामा उठाउँदै थिए ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंका विजय श्रेष्ठ, सरोजरत्न बज्राचार्य र मीनरत्न बज्राचार्य भने माइतीघर मण्डलामा जनमासले फालेका फोहोर उठाइरहेको दृश्य देखापर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुठी विधेयकको विरोधमा बुधवार माइतीघरमा विशाल भेला भयो । त्यहाँ पानीका बोतल, जुसका बट्टा लगायतका फालेर फोहोर समेत भयो ।


Advertisment
Nabil box
Kumari

फोहोर जथाभावी फाल्ने आम प्रवृत्ति भएपनि स्वस्फूर्त रुपमा सफा गर्ने कमै देखिन्छन् । ती थारै मान्छेमध्ये विजय, सरोजरत्न र मीनरत्न पनि पर्छन् । सबै आफ्नो हकअधिकार भन्ने गरेपनि वरिपरि भएको फोहोरलाई नदेखेको विजय श्रेष्ठले लोकान्तरलाई बताए ।

Vianet communication
Laxmi Bank

‘यहाँ हेर्नुस् त सबैको हातमा पानीका बोतल छन् तर ती बोतल सबैले बाटोमै फालेका छन् । कसैलाई पनि यहाँ कति फोहोर हुन्छ भन्ने वास्ता छैन,’ उनले भने ।

काठमाडौंमा हुने फोहोर महानगरपालिकाले उठाउने गर्छ तर फोहोर २४ घण्टासम्म सडकमै रहन्छ । त्यसबेलासम्म सफा बाटो कुरुप देखिने भएकाले आफूहरू ३/४ जना साथी मिलेर सफा गर्दै आएको वरिष्ठ फोटो पत्रकार समेत रहेका मीनरत्न बर्जचार्यले लोकान्तरलाई बताए । 

‘मैले पनि धेरै आन्दोलनको साक्षी बन्ने अवसर पाएँ । सबैले फोहोर गरेको देख्दा मन खिन्न हुन्थ्यो । अहिले म फ्रिल्यान्सर छु । साथीहरूलाई लिएर फोहोर सफा पनि गर्छु,’ बज्राचार्यले भने । 

‘देशमा जातिका नाममा, गुठीका नाममा, लोकतन्त्रका नाममा धेरै आन्दोलन भए तर काठमाडौं बनाउने, सफा राख्ने आन्दोलन कसैले गरेनन् । सबै आफ्नो स्वार्थमा लागेकाले काठमाडौं फोहोर र कुरुप भएको छ,’ फोहोर सफा गर्दै गरेका सरोजरत्न बज्राचार्यले भने ।

पानी बाँड्दै वृद्ध 

आन्दोलन छ रे भन्ने सुनेका कृष्णमान डंगोल माइतीघर मण्डलमा गाग्रोमा पानी बोकेर आन्दोलनकारीलाई पानी खुवाउन पुगे । खर्पनको दुवैपट्टि पित्तलको गाग्रोमा पानी र हातमा जग बोकेर पानी खाने भन्दै आन्दोलनकारीलाई पानी खुवाइरहेका थिए उनी ।

‘आन्दोलन गरेर मात्रै हुँदैन नि ! यस्तो गर्मी छ, पानी पनि खुवाउनुपर्‍यो । मानव धर्म पनि हो । मलाई त खुब आनन्द आउँछ पानी खुवाउन पाउँदा बाबु,’ लोकान्तरकर्मीलाई जगको पानी दिँदै उनले भने । 

व्यापारको चटारो 

आन्दोलनको मौका छोपेर ‘नाङ्ले व्यापारी’ पनि प्रशस्तै देखिए । कोही हरियो काक्रा बेच्दै थिए । कोही पानी बेच्दै थिए । कोही चनाचटपट बेच्नमा व्यस्त थिए ।

‘अरु बेलामा खासै व्यापार हुँदैन, यो बेला त मौका हो नि भाई !’ रामेछापकी सरस्वती तामाङले लामो हाँसो हाँस्दै भनिन् ।

उनले अरु बेलामा थापाथली चोकमा व्यापार गर्दै आएकी रहिछन् । बुधवार आन्दोलन भएकाले माइतीघरमा मौका छोपेर आएको उनले बताइन् ।

माइतीघर वरिपरिका खाजा–नास्ता र चिया पसलमा पनि भीडभाड नै थियो । व्यापारीलाई खाजा नास्ता बेच्न भ्याइँ–नभ्याइँ थियो । ‘हामीलाई कुरा गर्ने फुर्सद छैन, भोलि कुरा गरौंला नि हुन्न ?’ माइतीघरको पूर्वपट्टि चिया पसलका सञ्चालकले पन्छिँदै भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x