कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बद्नाम हुने काम कसैले गर्न नहुने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लोकतन्त्रको थिती बसाएर जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने पनि बताएका छन् ।
“हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने, “निस्पक्षता,स्वच्छता र पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको बताएका छन् । “सरकारलाई असहयोग गर्ने,सरकार बेठिक रहेछ भन्ने बनाउने र जनताका निराशा छर्ने काम भइरहेको छ ” प्रधानमन्त्री ओलीले भने,
“राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।”
प्रधानमन्त्री ओलीले कसैले गल्ती ग¥यो भन्ने ठाउँ दिन नहुने बताउनुभएको छ । “सबै मन्त्रालयलहरुले आफ्नो मातहतको कामको निरन्तर अनुगमन गर्ने,प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ चनाखो हुन निर्देशन गर्दछु ” प्रधानमन्त्री ओलीले भने, “कार्ययोजना अनुसार काम नभए त्यसको सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नु पर्दछ ।”
प्रधानमन्त्री ओलीले संघीय व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालन हुन सबै सरकारलाई बानी परीसकेकोले अब जनतालाई कामको परिणाम दिनु पर्ने बताए ।
“संघीय व्यवस्था अनुसार स्थानीय सरकार बनेको दुईबर्ष भयो ,प्रदेश र संघीय सरकार बनेको पनि डेढ बर्ष भयो ” प्रधानमन्त्री ओलीले भने, “नयाँ व्यवस्था अनुसार हामीले हाम्रा कानुनहरु निर्माण गरिसक्यौं । त्यसैले अब हामीले जनतालाई छिटो छरितो सेवा र विकासका काम गर्नु पर्दछ । ”
नेपालमा अहिले विकासका लागि अनुकुल अवस्था सृजना भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...