×

NMB BANK
NIC ASIA

क्रिकेट विश्वकप : बंगलादेशविरुद्ध अस्ट्रेलियाको सम्भावना बलियो

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रिकेट विश्वकपको २६औं म्याचमा बिहीवार नटिंघममा विश्वविजेता अस्ट्रेलिया बंगलादेशसँग भिड्दैछ । सन् २००७ को विश्वकपपछि उनीहरू पहिलोपटक भिड्न लागेका हुन् । त्यसबेला अस्ट्रेलिया विजयी भएको थियो । 

Muktinath Bank

बंगलादेशले वेस्ट इन्डीजलाई हराएर उच्च आत्मविश्वास बटुलेको छ भने अस्ट्रेलिया पनि प्रतियोगिताको पाँचौं जीतको उद्देश्यका साथ मैदानमा ओर्लिदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्ट्रेलियाले भारतसँगको बाहेक सबै खेल जितेको छ । बंगलादेशले भने पाँच खेलमा दुईवटा जितेको छ । उसले दक्षिण अफ्रिका र वेस्ट इन्डीजलाई हराएको थियो भने न्युजील्यान्ड र इंग्ल्यान्डसँग हारेको थियो । 


Advertisment
Nabil box
Kumari

अस्ट्रेलिया र बंगलादेश अहिलेसम्म २० चोटि भिडेका छन् । त्यसमा अस्ट्रेलिया १८ वटामा विजयी भएको छ । बंगलादेशले जम्मा एउटा खेल जितेको छ । एउटा खेलको भने परिणाम निस्केन । 

Vianet communication
Laxmi Bank

विश्वकपमा यी दुई टोली दुईपटक भिडेकोमा दुवैपल्ट अस्ट्रेलिया विजयी भएको थियो । 

बर्मिंघममा पानी परिरहेको छ र म्याचका बेलामा बादल छाउने सम्भावना छ । तापक्रम १२ देखि १५ डिग्री हुनेछ । 

यस मैदानमा ५१ एकदिवसीयमा २४ पटक पहिलो ब्याटिङ गर्ने टीम विजयी बनेको छ । पछिल्ला पाँच एकदिवसीयमा मैदानको औसत स्कोर २९५ छ । 

अस्ट्रेलियाका बलर मिचेल स्टार्क राम्रो फर्ममा छन् । उनले यस विश्वकपमा दुईचोटि चार विकेट र दुईचोटि पाँच विकेट लिएका छन् । 

कप्तान आरोन फिन्चले ३४३ रन बनाएर आफू राम्रो फर्ममा रहेको देखाएका छन् । 

उस्मान खवाजा भने प्रतियोगितामा फ्लप साबित भएका छन् । उनले पाँच म्याचमा जम्मा ९८ रन बनाएका छन् । 

बंगलादेशको कुरा गर्दा शाकिब अल हसनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । चार म्याचमा उनले १२८ को औसतमा ३८४ रन बनाएका छन् । उनको स्ट्राइक रेट पनि १०३.७८ छ । उनले ५.८४ को इकोनोमी रेटका साथ पाँच विकेट लिएका छन् । 

मोहम्मद सैफुद्दीनले बंगलादेशका लागि राम्रो बलिङ गरेका छन् । उनले चार म्याचमा नौ विकेट हात पारे । 

बंगलादेशका ओपनर सौम्य सरकारले यस विश्वकपमा झूर प्रदर्शन गरेका छन् । चार खेलमा उनले जम्मा ९८ रन बनाए । उनी आजको खेलमा राम्रो स्कोर बनाएर फर्ममा फर्किने आशा गरिरहेका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x