×

NMB BANK
NIC ASIA

अर्जेन्टिनाका प्रशिक्षक रनभुल्ल, मेस्सीले जोगाए इज्जत

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अर्जेन्टिनाले फेरि एकपटक दयनीय प्रदर्शन गर्दा समर्थकहरूको चित्त कुँडिएको छ । लियोनेल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनालाई प्याराग्वेविरुद्ध बिहीवार सम्पन्न खेलमा लियोनेल मेस्सीले जोगाए । 

Muktinath Bank

प्याराग्वेसँग बराबरी खेलेको अर्जेन्टिनाका प्रशिक्षकलाई फूटबल रणनीतिको खासै ज्ञान नभएको स्पष्ट छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशिक्षक स्कालोनीको रणनीतिक ज्ञान त शून्य छँदैछ उनलाई खेलाडी व्यवस्थापनको पनि कुनै हेक्का छैन । अक्षम प्रशिक्षकका कारण अर्जेन्टिना कोपा अमेरिकाको इतिहासमा पहिलोपटक पहिलो चरणबाटै बाहिरिने स्थितिमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

त्यसो त स्कालोनी कोही नपाएर ल्याइएका प्रशिक्षक मात्र हुन् । सन् २०१८ को विश्वकपमा तत्कालीन प्रशिक्षक जोर्गे साम्पाओलीले खराब प्रदर्शन गरेपछि अर्जेन्टिनाको फूटबल एसोसिएसनले उनको ठाउँमा स्कालोनीमा ल्याएको हो । 

Vianet communication
Laxmi Bank

अर्जेन्टिनाको प्रशिक्षक बन्नु निकै चुनौतीपूर्ण कुरा हो र त्यसका लागि कोही पनि तयार नभएपछि स्कालोनीलाई त्यो पद दिइएको हो । साम्पाओली प्रशिक्षक हुँदा स्कालोनीले भनसुन गराएर प्रशिक्षण टोलीमा पर्न सफल भएका थिए । 

शनिवार कोलम्बियासँग २–० ले हार्दा स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिनाले पहिलोपटक प्रतिस्पर्धात्मक खेल खेल्दैथियो । उक्त खेलमा अर्जेन्टिना पटक्कै फर्ममा थिएन । 

खेल हारेपछि प्रशिक्षक स्कालोनीले आफ्नो टोलीको प्रशंसा गरे तर अर्को खेलमा व्यापक परिवर्तन गरे । प्याराग्वेविरुद्धको आजको खेलमा उनले दुई अनुभवी खेलाडी सर्जिओ अग्वेरो र एन्जल डी मारियालाई खेलाएनन् । 

अर्जेन्टिनाका पूर्वप्रशिक्षक म्याराडोना पनि खेलाडीहरू व्यापक परिवर्तन गरिरहन्थे । उनले १८ महिना प्रशिक्षण गर्दा १०८ खेलाडी परिवर्तन गरे । स्कालोनी पनि त्यही बाटो हिँड्दैछन् । एक वर्षमा उनले ५० खेलाडी परिवर्तन गरिसकेका छन् । 

खेलाडीहरूको कम्बिनेसन नमिलाएका कारण क्लबमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू मेस्सी, जियो लो सेल्सो, रोड्रिगो डी पल, निकोलास टाग्लिआफिको मैदानमा अजनबी जस्तो देखिए । उनीहरूले दुईवटा राम्रो पास पनि मिलाउन सकेनन् र पहिलो हाफमा जम्मा एउटा शटको अवसर जुटाए । मेस्सीको फ्रीकिकको अवसर थियो त्यो र त्यो पनि रोबर्ट फर्नान्डेजको हातमा पुग्यो । 

म्याराडोनाको प्रशिक्षण युगका खेलाडी मेस्सी हुन् । निकोलस ओटामेन्डी अर्का खेलाडी हुन् । सन् २०१० मा जर्मनीसँगको खेलमा ४–० ले पराजय भोग्दा ओटामेन्डीलाई राइटब्याकको जिम्मेवारी दिइएको थियो । 

त्यसको नौ वर्षपछि म्यानचेस्ट सिटीका यी खेलाडी आफ्नो सहज सेन्ट्रल पोजिसनमा छन् तर उनी पहिलेको जस्तो फर्ममा छैनन् । अर्जेन्टिनाले डिफेन्समा गरेको खराब प्रदर्शनमा उनको पनि योगदान रह्यो । 

आजको खेलमा मिल्टन कास्को राइटब्याक पोजिसनमा थिए र उनले मिगेल आल्मिरोनले आफूलाई छक्याएर बक्समा पुगेको हेर्नुपर्‍यो । त्यहाँ रिचर्ड साञ्चेज फुत्त पुगे अनि गोल गरिदिए । त्यतिखेर खेलमा ३६ मिनेट भएको थियो । 

बक्समा अर्जेन्टिनाका थुप्रै खेलाडी थिए तर कसैले पनि क्रसमाथि प्रतिक्रिया जनाएन । अजनबी खेलाडीहरूले केही दिनका लागि सिकारु प्रशिक्षकको प्रशिक्षणमा खेल्ने उत्साह नै नपाएको यसबाट स्पष्ट देखिन्थ्यो । 

अर्जेन्टिनामाथि अब पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ । मेस्सी हुँदैनथिए भने अनि भारले नजोगाएको भए अर्जेन्टिना अझै खराब स्थितिमा हुन्थ्यो । मेस्सीले पेनाल्टीको अवसरको पूर्ण सदुपयोग गरेपछि अर्जेन्टिना खेलमा फर्किन सकेको हो । 

खेल बराबरीमा आइपुग्दा स्कालोनीले दिमाग लगाउनुपर्थ्यो तर उनले खेल बुझ्नै सकेनन् । लाउटारो मार्टिनेजले आक्रमणलाई राम्रो दिशा दिन सक्थे तर डी मारियाका लागि लाउटारोलाई झिक्ने निर्णय पटक्कै बुझिएन । 

ओटामेन्डीले होश हराउँदै खतरनाक ट्याकल गरेर प्याराग्वेलाई पेनाल्टी दिए पनि अर्मानीले त्यसलाई रोकिदिए नत्र अर्जेन्टिनालाई आज निकै गाह्रो पर्ने थियो । पछिल्ला दुई कोपा अमेरिकामा फाइनलमा पुगेको टोली अर्जेन्टिना यसपालि फाइनलमा पुग्ने सम्भावना झिनो बनेको छ । 

तर अर्जेन्टिनाले आशा गुमाइहाल्ने स्थिति पनि छैन । शनिवार कतारलाई जितेमा अर्जेन्टिना क्वार्टरफाइनलमा पुग्न सक्छ । तर टोलीमा चरम अव्यवस्था छ र त्यसमाथि अहिलेका प्रशिक्षक पूरै अक्षम छन् । अहिलेसम्म प्रतिस्पर्धामा रहनु आफूहरूको भाग्य हो भनी उनले बयान दिए ।

गोल डट्कममा प्रकाशित डेनियल एड्वार्ड्सको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x