×

NMB BANK
NIC ASIA

साउदी पत्रकार खशोग्गीको हत्याका सम्बन्धमा नयाँ तथ्य सार्वजनिक

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सन् २०१८ को अक्टोबर महिनामा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा साउदी पत्रकार जमाल खशोग्गीको हत्याका सम्बन्धमा संयुक्त राष्ट्रसंघले बुधवार एक प्रतिवेदन प्रकाशित गरेको छ । 

Muktinath Bank

उनको हत्या गरिँदा दुई हत्यारा भनिएका मानिसले दिक्क मानेको कुरा खुलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ट्रंकलाई ब्यागमा हाल्न मिल्ला त ?’ साउदी जासूसी अधिकारी माहेर मुत्रेबले सोधे । उनी साउदी युवराज मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार भएको राष्ट्रसंघका लागि गैरकानूनी हत्या सम्बन्धी विशेष प्रतिवेदकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

‘अँह । एकदम भारी छ,’ सलाह अल–तुबैगेले भने । उनी साउदी गृह मन्त्रालयका फरेन्सिक चिकित्सक हुन् र उनैले खशोग्गीको शरीरलाई टुक्राटुक्रा पारेर फालेका हुन् । उनले आफ्नो काम ‘सजिलो भइदिए हुन्थ्यो’ भने । 

Vianet communication
Laxmi Bank

तुबैगेले भने, ‘जोर्नीहरू त छुट्ट्याइहालिन्छ । कुनै समस्या छैन । शरीर भारी छ । शुरूमा म भुइँमा राखेर काट्छु । प्लास्टिकका झोला लिएर तिनलाई टुक्राटुक्रा पार्ने हो भने काम खलास हुन्छ । ती सबैलाई बेर्नेछौं ।’

मुत्रेब र १० अन्य व्यक्तिमाथि साउदी अरबमा पूर्पक्ष सुनुवाइ चलिरहेको छ । 

राष्ट्रसंघको प्रतिवेदनमा युवराज बिन सलमान र अन्य वरिष्ठ अधिकारीहरूमाथि अनुसन्धान गरिनुपर्ने आह्वान गरेको छ । प्रतिवेदन तयार पार्न रेकर्डिङहरू र टर्कीका अनुसन्धानकर्मीहरूले गरेको फरेन्सिक कार्य तथा साउदी अरबमा भइरहेका पुर्पक्ष सम्बन्धी जानकारीलाई आधार बनाइएको छ । 

रेकर्डिङमा आवाज सुनिएका व्यक्तिले खशोग्गीको मृत्युमा आश्चर्य नदेखाएको र उनलाई होशमा ल्याउन कोशिश नगरेकोले खशोग्गीको मृत्यु दुर्घटनावश भएको भन्ने साउदी दाबी खारेज हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

खशोग्गी युवराज सलमानका कठोर आलोचक थिए र द वाशिङटन पोस्टमा स्तम्भकार थिए । उनी विवाहका लागि कागजात बनाउन इस्तानबुल स्थित साउदी दूतावास पुगेका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x