×

NMB BANK
NIC ASIA

जिल्ला अदालतमा मुद्दाको चाप बढ्यो

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वालिङ- पछिल्ला छ वर्षको तुलनामा स्याङ्जा जिल्ला अदालतमा यसवर्ष सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको गत मंगलवारसम्ममा स्याङ्जा जिल्ला अदालतमा कूल ८९९ मुद्दा दर्ता भएका जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।

विभिन्न घटनामा ६९९ मुद्दा चालू आवको हालसम्म दर्ता भएका हुन् भने २०० मुद्दा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका स्रेस्तेदार आचार्यले बताए ।

'हालसम्म कूल ८९९ मुद्दामध्ये ४६८ थान मुद्दा फर्छ्यौट भएका छन्,' स्रेस्तेदार आचार्यले भने, 'चालू अवस्थामा ४३१ थान मुद्दा छन्, आर्थिक वर्ष सकिन झण्डै एक महिना रहेकाले मुद्दाहरू थपिने र फर्छ्यौट हुने क्रम अझै बढेर जान्छ ।'

स्याङ्जा जिल्ला अदालतमा आव २०७४/७५ मा ७४४, २०७३र७४ मा ६७९, २०७२/७३ मा ८०८, २०७१/७२ मा ६०५ र २०७०/७१ मा ५७८ मुद्दा दर्ता भएका जिल्ला अदालत स्याङ्जाका सूचना प्रविधि कर्मचारी श्रीकृष्ण तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेद, लागूऔषध ओसारपसार, जबर्जस्ती करणी, अंशबण्डा, माना चामल, कर्तव्य ज्यान मुद्दा, केही सार्वजनिक अपराध मुद्दा, चोरी, मानव बेचबिखन, कुटपिट तथा लुटपाट जस्ता मुद्दाहरु दर्ता भएका छन् ।

‘ख’ वर्गमा रहेको स्याङ्जा जिल्ला अदालतले सर्वोच्च अदालतको पञ्चवर्षीय योजनाअन्तर्गत ७० प्रतिशत मुद्दा फर्छ्यौट गर्नुपर्नेमा हालसम्म करीब ५३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको स्रेस्तेदार आचार्यले बताए । स्रेस्तेदार आचार्यका अनुसार स्याङ्जा जिल्ला अदालतमा कार्यरत दुई जना न्यायाधीश सरुवा हुनु, संहिता लागू भएपछि नयाँ विषयमा अदालतमा मुद्दाहरू प्रवेश गर्नु, पुरुषवादी भएका सम्बन्ध विच्छेदका मुद्दा एक वर्ष नभई छिन्न नपाइने देवानी संहिता २०७४ को दफा ९८ को प्रतिबन्धात्मक व्यवस्थाका कारण ढिलाइ भएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x