×

NMB BANK
NIC ASIA

पोखरेलीलाई प्रचण्डको आश्वासन- रत्नमन्दिर र हिमागृह खुला गर्न पहल गर्छु

असार ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा रहेका रत्नमन्दिर र हिमागृह तत्काल खुला गर्न आफूले पहल गर्ने बताएका छन् ।
 
पोखरा पर्यटन परिषद्ले यहाँ बिहीवार आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री दाहालले विगतमा पूर्वराजपरिवारका सदस्यको स्वामित्वमा रहेको र हाल नेपाल ट्रष्टको मातहतमा रहेका यी दुई दरबार खुला गर्न केही समस्या नभएको स्पष्ट पारे ।

Muktinath Bank

हिमागृह र रत्नमन्दिर खुलाउने सन्दर्भमा कठिनाइ नभएको र मन्त्रिपरिषद्ले निर्णय गरे हुने बताउँदै उनले भने, “दरबार सर्वसाधारणका लागि खुला गर्दा पोखरामा पर्यटक बढ्ने र उनीहरुको बसाईं कमसेकम एक दिन, नभए पनि आधा दिन थपिन्छ ।”
 
गणतन्त्र घोषणापछि नारायणहिटी दरबारलगायत तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य तथा निजका परिवारको सम्पत्ति नेपाल ट्रष्टको मातहतमा ल्याएर नारायणहिटीलगायतका दरबार खुला गरिँदासमेत यहाँका यी दुई दरबार भने लामो सयमदेखि बन्द रहँदै आएका छन् ।
 
सङ्घीय सरकारमा पर्यटनमन्त्री नभएर पनि पर्यटन क्षेत्रमा समस्या भएको भन्ने व्यवसायीको भनाइप्रति सहमत हुँदै अध्यक्ष दाहालले अहिले मन्त्रिपरिषद् पुनःगठनका बारेमा पनि छलफल चलेकाले र सरकारको समीक्षा भईरहेको र चाँडै निर्णय हुने बताए ।
 
पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले फेवाताल रहेमात्र पोखराको अस्तित्व रहने बताउँदै सङ्घ, प्रदेश तथा स्थानीय तीनै सरकारको नीति, कार्यक्रम तथा बजेटमा ताल संरक्षण प्राथमिकतामा नपरेको भनाइ राखे । उनले पर्यटनमन्त्रीको अभावमा नेपाल भ्रमण वर्ष लगायतका कार्यक्रम अघि बढ्न नसकेको बताउँदै यस क्षेत्रमा अभिभावकत्वको आवश्यकता रहेकाले छिटो पर्यटनमन्त्री नियुक्त गर्न माग गरे ।
 
फेवाताल संरक्षण उच्चस्तरीय समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले तालका बारेमा पटकपटक प्रतिवेदन तयार पार्ने काम मात्र भएको र कार्यान्वयन कहिल्यै नभएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्नेतर्फ तीनै तहका सरकार लाग्नुपर्ने बताए ।
 
कार्यक्रममा पर्यटन व्यवसायी बासु त्रिपाठी, अग्नी कँडेल, भरतराज पराजुली, गोपीराज भट्टराई तथा टीकाराम सापकोटालगायतले पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिषद्कोतर्फबाट फेवाताल संरक्षण, पोखरा–चितवन–लुम्विनी द्रुतमार्गको थालनी, पोखराबाट देशका अन्य शहरमा सिधा हवाई सम्पर्क स्थापना, हिमागृह र रत्न मन्दिर खुला गर्ने तथा पोखरा चक्रपथ निर्माण अघि बढाउनेलगायतका मागसहितको अनुरोधपत्र अध्यक्ष दाहाललाई हस्तान्तरण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x