×

NMB BANK
NIC ASIA

पुन: शुरू भयो मेलम्चीको काम

असार ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सिन्धुपाल्चोक – इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरू भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । आयोजनाका काम गत पुसदेखि ठप्प छ । निर्माण ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य शुरू गरेको छ ।

Muktinath Bank

आयोजनाका सुरुङभित्र गरिने ‘भेन्टिलेसन साफ्ट’को कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने ‘आउट फल’को काम पनि शुरू भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले मेलम्ची आयोजनाको सुरुङ ‘फिनिसिङ’ र ‘हेड वक्र्स’ निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र (टेण्डर) आह्वानको समय सकिएकाले यसको मूल्याङ्कन भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

हेडवक्र्स (मुहानको संरचना) निर्माणका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । “अब मेलम्चीको काम शुरू भइसकेको छ । शुरूआती चरणमा ‘भेन्टिलेसन साफ्ट’का लागि ‘ड्रिलिङ’को काम शुरू भएको छ”, प्रवक्ता शाक्यले भने, “उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।”

Vianet communication
Laxmi Bank

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुई वटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स–साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । “पहिलो प्याकेजमा हेड बक्सअन्तर्गत ड्याम निर्माण र पुल निर्माणलगायत छन्”, उनले भने, “दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्टलगायत निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्योलता समाप्त भएको छ ।”

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आह्वानमा बोलपत्र दर्ता गरेका कम्पनीको मूल्याङ्कन गरी छिट्टै अन्य बाँकी काम सञ्चाचलन गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महीनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानूनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल शुरू गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

गत पुसमा इटालीयन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिकरुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौँमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताए ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । याङ्ग्री र लार्के खोलाको पानी ल्याउन मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एशियाली विकास बैंक (एडिबी) याङ्ग्री र लार्केको सुरुङलगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडिबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो ।

मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारीसमेत गरेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्र्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डिपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो ।

सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । ती खोलाबाट थप पानी काठमाडौँ ल्याउन निर्माणको कार्य शुरू गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमी छ ।

मेलम्चीको अम्बाथान (हेडबक्स) बाट दुई किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म दुई किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधैँ मेलम्चीको हेडबक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङका माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x