जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला

असार ५, २०७६

जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति÷स्वीकृतिपत्र पाएपछि जुम्लामा पहिलोपटक विशेषज्ञ तहमा चिकित्सक उत्पादनको बाटो खुला भएको हो । 

    यसले कर्णाली समग्र प्रदेशको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । साथै प्रतिष्ठानमा आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को शैक्षिक कार्यक्रम सञ्चालन गर्न ढोका खुलासमेत भएको छ ।
 
    नेपाल मेडिकल काउन्सिलको आज बसेकोे बैठकले प्रतिष्ठानलाई सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति÷स्वीकृति दिने निर्णय गरेको हो । 
 


ADVERTISEMENT

असार ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार