हिमालयन बैंकले गर्‍यो बालबालिकालाई सहयोग

असार ६, २०७६

काठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित ‘नवकिरण अनाथ असाहाय बाल उत्थान समाज’का बालबालिकालाई सहयोग प्रदान गरेको छ ।

बैंकले नवकिरण अनाथ असाहाय बाल उत्थान समाजका ४२ जना बालबालिकाहरुका लागि खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चना, विस्कुट आदि) प्रदान गरेको छ । 


ADVERTISEMENT

समाजले विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ बालबालिका तथा विभिन्न उमेर समुहका बालबालिकालाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले सहयोग सामाग्री हस्तान्तरण गरे ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरूका लागि, चेतनामूलक कार्यक्रम समय–समयमा विभिन्न किसिमका सहयोग र राहत सामग्री उपलब्ध गराउँदै आएको छ । 

हाल बैंकले ५९ वटा शाखा र १२० वटा एटीएमबाट ग्राहकका लागि समयसापेक्ष सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानमा थप १४ वटा शाखा विस्तार गर्ने जनाएको छ । 

असार ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस