×

NMB BANK
NIC ASIA

बजारको अध्ययन गरेर मात्र उद्योगमा लगानी : मुख्यमन्त्री पोखरेल

असार ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल– मुख्यमन्त्री शंकर पोखरेलले बजारको अध्ययन गरेर मात्र उद्योगमा लगानी गर्न उद्योगीलाई आग्रह गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले बजारको अध्ययन नगरी लगानी गर्दा लगानी जोखिममा परेको भन्दै बजारको आवश्यकता र उपभोक्ताको माग अनुसार पूर्वाधार एवं उद्योगमा लगानी गर्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल उद्योग परिसंघले बुटवलमा आयोजना गरेको १ दिने प्रदेश स्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सफल भएकालाई पछ्याउने तर बजारको अध्ययन नगरी लगानीको क्षेत्र खोज्ने परम्पराकै कारण लगानी जोखिममा पर्ने गरेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले कतिपय उद्योगीको व्यवस्थापकीय क्षमता र अध्ययन विना उद्योग सञ्चालन गर्ने गरेको भन्दै अध्ययन विना गरिने कार्यले उत्पादन लागत घटाउन नसकिने समेत बताए ।

Vianet communication
Laxmi Bank

उनले बैंकिङ प्रणालीमा आधारित भएर पूँजी परिचालन गर्न समेत उद्योगीलाई आग्रह गरे । बैंकिङ प्रणालीबाहेक बाहिरबाट पूँजीलाई परिचालन गर्दा पनि जोखिम बढ्ने भएकाले बाहिरबाट पूँजी परिचालन नगर्न उनले आग्रह गरे । बैंकिङ प्रणालीको सुनिश्चितता नहुँदासम्म पूर्वाधार क्षेत्रको लगानी सम्भव नभएको समेत उनले बताए ।

उनले प्रदेश नम्बर ५ मा लगानीको सम्भावना अत्यधिक भएको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पूर्वाधार विकासमा फड्को मार्ने बताए । उनले हाउजिङ, कृषि, पर्यटन, सोलार प्लान्टमा राम्रो सम्भावना रहेकाले लगानीका लागि उद्योगीलाई आग्रह गरे । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले लगानीको सम्भावना प्रदेशमा रहेको भन्दै उद्योगीले चासो दिनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र पाण्डेले राष्ट्रिय पूर्वाधार सम्मेलन भदौ २५ र २६ गते गर्न लागिएको भन्दै त्यसैको सन्दर्भमा प्रदेश स्तरीय पूर्वाधार परियोजनाको पहिचानका लागि छलफलको आयोजना गरिएको उनले बताए । सन् २०१४, ०१७ मा पूर्वाधार सम्मेलन भइसकेको बताउँदै भदौमा दीगो विकासका लागि दरिलो पूर्वाधार भन्ने नाराका साथ तेस्रो राष्ट्रिय पूर्वाधार सम्मेलनको आयोजना गर्न लागिएको बताए । कार्यक्रममा योजना आयोगका सदस्य विष्णु पोखरेल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रम नेपाल उद्योग परिसंघका प्रदेश नम्बर ५ संयोजक एजाज आलमको अध्यक्षतामा नेपाल उद्योग परिसंघका निर्देशक हिमाल न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x