×

NMB BANK
NIC ASIA

स्वदेशमै सम्भावना

युरोपको जागिर छाडेर स्वदेशमा तरकारी बेच्ने युवा

असार ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – पछिल्ला वर्ष नेपाली युवापुस्ता अध्ययनको नाममा होस् वा काम गर्न विदेश जाने क्रम दिनदिनै बढ्दो छ ।

Muktinath Bank

जसले गर्दा नेपाली तन्नेरी पुस्ता युरोपियन मुलुकतिर हानिएका छन् । गाउँ खाली भएका छन् तर रूपन्देहीका एक युवा युरोपियन मुलुक छाडेर आफ्नै देशमा केही गर्नुपर्छ भनी नेपाल फर्किएर तरकारी बिक्री गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती युवा हुन् रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ योगीकुटीका २८ वर्षीय लक्ष्मण शर्मा ।


Advertisment
Nabil box
Kumari

उनले तरकारी पसलमा ३ करोड रूपैयाँ लगानी गरेका छन् । आधुनिक प्रविधि र फरक शैलीबाट उनले बुटवलबासीलाई स्वच्छ र ताजा तरकारी प्रदान गरिरहेका छन् । उनको प्रयासलाई जुनसुकै युवाले अनुशरण गरी मुलुकमै केही गर्न सकिन्छ भन्ने प्रेरणा लिन सक्छन् । उनको पसल छ बुटवल–९ तीनकुनेमा ।

Vianet communication
Laxmi Bank

युरोपियन देश फिनल्याण्डबाट कन्सट्रक्सन इञ्जिनीयरिङ अध्ययन गरी ५ वर्षपछि नेपाल फर्केर उनले बुटवलमा ‘हरियो तरकारी’ नामक तरकारी पसल सञ्चालन गरेका हुन् । उनलाई फिनल्याण्डमा विभिन्न कम्पनीले ठूला अफर गरी काम गर्न आग्रह गरेका थिए तर उनले त्यो आग्रहलाई अस्वीकार गरी नेपालमै केही गर्नुपर्छ भनेर यहाँ आएर नयाँशैलीमा तरकारी बिक्री गर्न थालेका छन् ।

२०६५ सालमा एसएलसी उत्तीर्ण गरी उच्च शिक्षाका लागि काठमाडौं गएका शर्मा ट्रिनिटी इन्टरनेसनल कलेजमा २ वर्ष अध्ययन गरेपछि प्राइम कलेजमा सीए अध्ययन गरे । सोही क्रममा मोटरसाइकल दुर्घटना भई खुट्टा भाँभिएका उनको भेट १ जना विदेश जाने तयारी गरेका साथीसँग भयो । सोही क्रममा उनले आफ्नो लागि पनि ‘अप्लाई’ गर्न आग्रह गरे ।

त्यतिबेला उनी वैशाखीको सहारामा हिड्थे । उनलाई सफलता मिल्यो, भिसा लाग्यो । उनको खुट्टा पूर्ण निको नभई अध्ययनका लागि फिनल्याण्ड पुगेका उनले त्यहाँ जागिर र अध्ययन दुवै एकसाथ अगाडि बढाए ।
१ वर्षअघि नेपाल फर्केका उनले १० महिनाजति पसल खोल्ने तयारीमा लगाए । झण्डै १ वर्ष पसलको लागि जग्गा खोज्नेदेखि, पसल दर्ता, भवन निर्माण र पसल सञ्चालनमा खटिरहे । केही समय उनले गाडीमा किसानबाट फलफूल, तरकारी खरिद गरी उपभोक्ताको घरघरमा पुर्‍याएको उनी सम्झन्छन् ।

नेपालका प्रतिष्ठित कलेजमा अध्ययन गरेका, सीए तथा कन्सट्रक्सन इन्जिनीयर उनी युरोपका अवसरलाई छोडेर नेपाल फर्किएर तरकारी व्यवसायमा लाग्नु अनौठो घटनाजस्तै हो । 

‘तरकारी आधारभूत आवश्यकतामध्ये नभई नहुने महत्त्वपूर्ण खाद्यवस्तु हो,’ शर्मा भन्छन्, ‘ताजा र स्वस्थ तरकारी खाइएन भने स्वास्थ्यमा ठूलो असर पर्छ । गाउँमा किसानले उत्पादन गरेको फलफूल तरकारी सस्तोमा पनि बिक्री नभएर फाल्नुपरेको सुनिन्छ भने शहरमा बासी र महंगो तरकारी खान बाध्य छौं । यस्ता विषयलाई मध्यनजर गरी तरकारी व्यवसाय गर्ने सोचका साथ शुरू गरेका हौं ।’ 

‘युरोपमा बसिरहे आफ्नो जीवन मात्र राम्रोसँग बित्ने तर स्वदेशमा आएर केही गरे आफूलगाएत अरुलाई पनि हुने सोच र आफ्ना बुवाले भन्ने गरेको मरेपछि कम्तीमा पनि सय जनाले राम्रो थियो भन्ने काम गरी असल बन्नुपर्दछ ।’

हरियो तरकारी रंगको २ तला भवन (ट्रस) मा धेरैको नजर जान्छ । हरियो रंगको भवनको माथि हरियो तरकारी लेखिएको छ । ठूलो र आकर्षक भवनमा ‘हरियो तरकारी’ लेखेको देख्दा सबैलाई भित्र कस्तो होला भन्ने जिज्ञासा लाग्छ र भवनभित्र पसेपछि जिज्ञासा मेटिन्छ । अर्थात् भित्र सफा, सुग्घर र ताजा स्वदेशी तथा विदेशी पलफूल र तरकारी देखिन्छ । त्यो पनि आकर्षक तवरले सज्जाइएको ।

शर्मालाई साथ दिएका छन् उनका साथी सन्दिप ज्ञवालीले । दुवैले संयुुक्त लगानीमा पसल सञ्चालन गरेका हुन् । करीब ३ करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको हरियो तरकारी पूर्णरुपमा भने सञ्चालन भएको छैन । पहिलो तल्लाबाट मात्र सेवा दिएको पसलमा हाल फलफूल, तरकारी र विभिन्न फलफूलका ताजा जुस बिक्री गरिएको छ । 

बुटवलको बढ्दो जनसंख्या र सो अनुसार तरकारीको आयात नभएको अवस्थालाई बुझेर मध्य बुटवलमा हरियो तरकारी पसल सञ्चालन गरेको सञ्चालक लक्ष्मण शर्मा बताउँछन् । ‘शहरबासीहरूलाई आफूले चाहेजस्तो ताजा र स्वस्थ तरकारी र फलफूलको परिकार सहजरुपमा पाउन गाह्रो भएको देखियो । सोही अभावलाई पूरा गर्न तरकारी पसल सञ्चालन गरेका हौं,’ उनले भने ।

तरकारी पसल सञ्चालन गरी उपभोक्तालाई ताजा र स्वस्थ फलफूल तथा तरकारी उपलब्ध गराउने र आफूले मुनाफा खाने मात्र उद्देश्य नभई किसानलाई उचित मूल्य प्रदान गरी उत्पादनमा प्रेरणा र सहयोग प्रदान गर्ने उनले बताए ।

ताजा र स्वस्थ तरकारी प्रदान गर्ने उद्देश्यसहित सञ्चालित हरियो तरकारी पसलमा स्थानीय, छिमेकी जिल्ला, चितवन, रोल्पा, कपुरकोट, काठमाडौं, धादिङबाट किसानबाट सिधा खरिद गरी तरकारी ल्याउने गरेको उनले बताए । २ वटा भित्री च्याम्बरमा २८ टन तरकारी अट्ने क्षमता रहेको र बाहिर ३० टन क्षमता रहेको हरियो तरकारीमा फलफूल तथा तरकारीलाई विभिन्न प्रक्रिया पुर्‍याएर मात्र बिक्रीका लागि राखिने उनले बताए । 

खरिद गरेर ल्याइएको तरकारीलाई पुडिङ (छानेर), प्रिकुुलिङ गरेर, स्टोरेजमा राखेर मात्र बिक्रीका लागि तयार गर्ने पद्धति रहेको उनी बताउँछन् । ‘किसान वा अन्य स्थानबाट फलफूल वा तरकारी ल्याएपछि पहिला छानिन्छ, तापक्रम मिलाइन्छ, लामो समयसम्म पनि नबिग्रने गरी फोहर र दूषित पदार्थ हटाई पूर्ण तयार गरेपछि मात्र बिक्रीका लागि राखिन्छ,’ उनले भने । हरियो तरकारीमा एउटै छानामुनी संसारका फलफूल, तरकारी, जुस, ग्यास जलाउनेदेखि पकाउनेसम्मका सामग्री उपलब्ध गराउने उनले बताए ।

‘हजुरको स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नारासहित सञ्चालन आएको तरकारी पसलमा उनीहरू र घरका सदस्यसहित १४ जनाले रोजगार प्राप्त भएको छ । प्रारम्भिक चरणमा रहेको तरकारी पसलले आगामी महिनादेखि आफैं झोला लिएर आउने ग्राहकलाई २ प्रतिशत छूट दिने, केही महिनापछि निरन्तर ५ पटक आउने ग्राहकलाई आफ्नै वातावरणमैत्री झोला प्रदान गर्ने, ६ महिनामा अर्को शाखा सञ्चालन गर्ने, २ वर्षपछि मुनाफाको १० प्रतिशत कृषि क्षेत्रमा सहयोग गर्ने लगायतका योजना रहेको शर्माले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x