×

NMB BANK
NIC ASIA

मुख्य समाचार

हायातले गर्‍यो मजदूरमाथि कारवाही, कसले मच्चायो सुई आतंक ?

असार ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

    राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । “अघिल्ला बैठकले अध्यक्षद्वयलाई अन्तिम सम्पादनका लागि जिम्मेवारी दिएको थियो” उनले भने, “अध्यक्षद्वयले सम्पादनको प्रक्रिया र विषयका बारेमा बैठकसमक्ष जानकारी दिए ।” दुई दल एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रम चलिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    त्यसैगरी बैठकले पार्टी एकताका बाँकी कामलाई पनि छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ । ‘एकता एकीकरणका महत्वपूर्ण काम सम्पन्न भए पनि केही काम बाँकी छन्, बाँकी कामलाई शीघ्र सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको छ’, महासचिव पौडेलले भने, ‘एकताका बाँकी गृहकार्य सम्पन्न गर्दै केन्द्रीय कार्यसमितिका सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय र विभागको गठनलगायत विषयलाई जतिसक्दो टुङ्ग्याउने निर्णय भएको छ ।’


Advertisment
Nabil box
Kumari

बैठकले एकता बाँकी काम सम्पन्न गरी समग्र पार्टी पङ्क्तिलाई केन्द्रिकृत योजनाअन्तर्गत परिचालित गर्ने निर्णयसमेत गरेको छ । बैठकले सरकारको काम प्रभावकारी ढङ्गबाट अघि बढेको ठहर गर्दै थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्रीले युरोप भ्रमणका बारेमा जानकारी गराएका थिए ।  त्यस्तै मुलुकका समसामयिक विषयमा समेत बैठकमा छलफल भएको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए । 

Vianet communication
Laxmi Bank


एन्फाको नक्कली टिसर्ट बनाई बिक्री गर्ने छ पक्राउ 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नक्कली लोगोसमेत प्रयोग गरी टिसर्ट बनाएर बिक्री गर्दै आएको आरोपमा छ जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौँ नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका–९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौँ खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकद्वय रुपन्देहीका ३६ वर्षीय विष्णुप्रसाद कँडेल तथा काठमाडौँ महानगरपालिका–१७ बस्ने स्याङ्जाका ३५ वर्षीय सागर पाण्डे रहेका छन् ।

यस्तै काठमाडौँ महाबौद्धस्थित रेडिमेड स्टोरका सञ्चालक गोविन्द खनाल, काठमाडौँ विशालबजारस्थित एसि स्पोर्ट्स गोदामका सञ्चालक काठमाडौँ वनस्थली बस्ने रौतहटका रामशरण खरेल र काठमाडौँ सुन्धारास्थित सिटी स्पोर्टस्का सञ्चालक झापाका निलम बस्नेतलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । 
 
एन्फाको नक्कली लोगोसमेत प्रयोग गरी जर्सी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले चन्द्रदत्तलाई ३२ थान जर्सी तथा विष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३३८ थान जर्सी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा शुक्रबार गोविन्दको रेडिमेड स्टोरबाट २७४ थान, रामशरणको एसि स्पोर्टस् गोदामबाट २४२ थान र निलमको सिटी स्पोर्टस्बाट ३० थान नक्कली लोगो भएका जर्सी फेला पारेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी कामारु ट्रेडिङ प्रालिलाई आधिकारिक बिक्रीको अधिकार छ ।

चक्रपथ खण्डमा बिरुवा रोपिने 

 वन तथा भू–संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

 चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, कल्कीफूल, जाकाराण्डा, करवीरलगायत प्रजातिका करीब तीन हजार ५०० ठूला साइजका बिरुवा एकैपटक रोपन गरिने कार्यक्रम छ ।

भारतबाट पाँच नेपाली बालबालिकाको उद्धार

भारतको लखनउबाट पाँच नेपाली बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ । उत्तर प्रदेशको राजधानी लखनउस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई भारतीय प्रहरीले उद्धार गरी त्यहाँस्थित बालगृहमा राखेको थियो ।

    शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्धार गरी नेपालगञ्ज ल्याइएको हो । उद्धार गरी नेपाल ल्याइएका सबै १६ वर्षमुनिका रहेको शक्ति समूह नेपालगञ्जका क्षेत्रीय अधिकृत निर्मला थापाले जानकारी दिइन् । 

हायात प्रकरण

तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पु¥याएको भन्दै कारवाही गरेको छ । 

होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्वन गरेको हो । ट्रेड युनियनमा आबद्ध विजयकुमार खत्री, शालिकराम सापकोटा, रमेश अधिकारी, शिवराम पुडासैनी, दुर्गा महत र बेलसम्बा लामालाई सातदिने स्पष्टीकरण सोधिएको छ ।

 व्यवस्थापनले एकलौटी ढङ्गले मजदूर कर्मचारीमाथि कारवाही गरेको भन्दै तत्काल फिर्ता लिन आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहालले माग गरेका छन् । 
सङ्गठनको शनिबार  बसेको बैठकले कारवाही फिर्ताका लागि होटल व्यवस्थापनलाई एक साताको समयसीमा दिएको छ । एक साताभित्र कारवाही फुकुवा नभए कडा सङ्घर्ष गर्न बाध्य हुने अध्यक्ष दाहालले चेतावनी दिए । 

कानूनमा तोकिएको सेवासुविधा माग गर्दै होटलका मजदूर तथा कर्मचारी गत जेठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका थिए । मजदूर आन्दोलनमा गएसँगै व्यवस्थापनले होटल बन्द भएको घोषणा गरेको थियो । श्रम तथा रोजगार कार्यालय टेकुले व्यवस्थापन–मजदूर विवाद समाधान गर्न मध्यस्थता गर्ने जनाएपछि आन्दोलनरत मजदूर तथा कर्मचारी यही असार ४ गतेदेखि काममा फर्किएका थिए । 

    मजदूरलाई कारवाही गरिएको विषयमा जानकारी लिन खोज्दा होटल व्यवस्थापक सम्पर्कमा आएनन् । होटलमा रहेको सरकारी जग्गा र शेयर स्वामित्वको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । 


नर्सिङहोमको लापरवाहीले बिरामीको मृत्यु 

    पाठेघरसम्बन्धी बिरामी एक महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार विराटनगर–२ मुनालपथस्थित विराट नर्सिङहोम तनावग्रस्त बन्यो । 

    मोरङको सुन्दरहरैचा नगरपालिका विराटचौक घरभएकी ३८ वर्षीया चेलीमाया भनिने प्रिती कोइरालाको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले लापरवाही गरेको आरोप लगाउँदै नर्सिङहोमको गेटमा ताला लगाउनुका साथै सामान्य तोफोडसमेत गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले नर्सिङहोममा सुरक्षा दिनुका साथै लगाइएको ताला खोलेको छ । नर्सिङहोम प्रशासनले सङ्क्रमणका कारण बिरामीको मृत्यु भएको हो र यसमा चिकित्सकको कुनै लापरवाही नरहेको जनाएको छ । 
    
कसले मच्चायो सुई आतंक ?
अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन् । 
प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राती ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ । 
पाँचवटै घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्रिले ु्ईजस्तै तिखो बस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ । 
सुईजस्तै बस्तुले घोचेका भनिएका युवतीमध्ये तीनजना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन् । अस्पतालका निर्देशक डा बासुदेव पाण्डेले अहिलेसम्म केले घोचेको हो भन्नेबारे निष्कर्षमा नपुगिएको बताए । 
प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले सुईले नै घोचेको भन्ने चिकित्सकीय पुष्टि भइनसकेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

    
मिडिया काउन्सिल विधेयक खारेजीको माग 

    मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्नेलगायतका माग गर्दै नेपाल पत्रकार महासङ्घको सुदूरपश्चिम प्रदेशस्तरीय साधारणसभासकिएको छ ।
 
    शुक्रबार राति सम्पन्न भएको साधारणसभापछि जारी गरिएको घोषणापत्रमा संविधानको मर्म एवं भावनाविपरीत प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि नीति तथा कानून नल्याउन माग गरिएको छ । 
प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा

    घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
 
    उनलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने  नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए । सो पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले रु सात हजार घुस रकमसहित अख्तियारको टोलीले कटुवाललाई नियन्त्रणमा लिएको बताएका छन् ।  प्रहरी सहायक निरीक्षक कटुवालमाथि प्रहरीले पनि आवश्यक अनुसन्धान शुरु गरेको उनले बताए । 

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x