×

NMB BANK
NIC ASIA

नयाँ टाटा टियागो एक्सजेड प्लस नेपालमा सार्वजनिक

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल ब्राण्ड टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी भएको कम्पनीको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टाटा टियागो गाडीको भित्रको भाग वा इन्टेरियरमा स्पेशको एकदमै बुद्धिमानीपूर्वक प्रयोग गरिएको छ जसमा एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको आकर्षक ७ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्लियरेन्सले अफ्ट्यारो बाटोमा पनि सहज यात्राको अनुभव गराउँछ । बिल्कुलै नयाँ स्पोर्टी १५ इन्च डुअल टोन एलोय पांग्राहरूले गाडीको आकर्षण बढाएको छ । अन्य रोचक विशेषताहरूमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभीएम, प्रोजेक्टर हेडल्याम्प,फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको कम्पनीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीयस  जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन्। त्यसैगरी आरामदायी यात्राको सुनिश्चितता गर्न भेरियन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषताहरू रहेका छन् ।

Vianet communication
Laxmi Bank

टाटा मोटर्सका प्यासेन्जर भेइकल्स, इन्टरनेश्नल बिजनेसका प्रमुख श्री सुजन रोय भन्छन्, 'इम्प्याक्ट डिजाइनअन्तर्गत सार्वजनिक गरिएको हाम्रो पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक, नवीन र विशेषताहरूले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा छ । उच्च कार्यक्षमता, उच्च प्राविधिक विशेषताहरू र अग्राणी ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकहरूको बदलिँदो चाहना र आकांक्षालाई सम्बोधन गर्दछ ।'

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, 'नयाँ टाटा टियागो एक्सजेड प्लस बजारमा सार्वजनिक गरिएसँगै हामी हाम्रा ग्राहकहरूलाई विभिन्न उत्कृष्ट विकल्पहरू प्रदान गर्न पाएकोमा एकदमै खुशी छौं । यो नयाँ उत्पादनसँगै नेपाली बजारमा हामी हाम्रो उपस्थिति बलियो बनाउनतर्फ केन्द्रित छौं ।'

टाटा टियागो भेरियन्टहरू ६ आकर्षक रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट,प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । स्ट्यान्डर्ड वारेन्टी पनि रहेको छ, चार वर्ष वा ७५ हजार किलोमिटर जुन पहिला आउँछ साथै थप मिल्ने सुविधा पनि रहेको छ । 

४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस् लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ(मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी सञ्जालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स् सञ्चालनमा छ । 

इन्जिनीयरिङ तथा प्रविधिद्वारा सञ्चालित अटोमोटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स् भारतीय बजारमा कमर्सीयल गाडीको बिक्रेताका रूपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्याधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।

जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, इटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ-नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ । अन्तर्राष्ट्रिय स्तरमा टाटाका कार, बस र ट्रकहरू, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशहरूमा बिक्रीवितरण गरिन्छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x