×

NMB BANK
NIC ASIA

गृहमन्त्रीलाई नेकपा सांसदको प्रश्न : हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुन सक्छ ?

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याबारे सत्तारुढ नेकपाका सांसदले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग स्पष्टीकरण माग गरेका छन् ।

Muktinath Bank

दोहोरो मुठभेडमा मारिएको भन्ने गृहमन्त्रीको अभिव्यक्ति विश्वासयोग्य नभएको भन्दै उनीहरूले घटनाको गहिरो छानबिनको माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको सोमवार बसेको बैठकमा गृहमन्त्री थापाले मुठभेडको क्रममा पौडेलको मृत्यु भएको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका प्रभावशाली नेता एवं सांसद जनार्दन शर्माले सर्लाही घटना गम्भीर भएको बताए । ‘गृहमन्त्रीको औपचारिक रिपोर्ट सुनियो । प्रहरीले मुठभेडमा भनेको छ, प्रहरीको रिपोर्टलाई होइन भनेर त म कसरी भनुँ ? जनताको रिर्पोट पनि छ । प्रहरीले दिएको फोटोमा हेर्‍यो भने ५–६ ठाउँ त हातै भाँचिएको देखिन्छ त,’ पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले भने, ‘अनि पहिला हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुन सक्छ ? के गोली हानेपछि भाँचियो त हातखुट्टा ?’ 


Advertisment
Nabil box
Kumari

उनले गृहमन्त्रीलाई प्रश्न गरे, ‘फेरि त्यही प्रवृत्ति दोहोर्‍याउन चाहन्छौ ? प्रहरीले नियन्त्रण गर्न सक्छ, कानूनी कारवाही गर्नुपर्छ, यो मुठभेड हो भन्ने लाग्दैन ।’

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसकी डिला संग्रौला पन्तले परिवारका सदस्यले नियन्त्रणमा लिएर हत्या भएको बयान दिएका कारण घटनाको छानबिन हुनुपर्ने माग गरिन् । 

नेकपाकै रेखा शर्माले व्यक्तिलाई नियन्त्रणमा लिएर हत्या गर्ने शृंखला रोकिनुपर्नेमा प्रोत्साहन भएको बताइन् । त्यसअघि गृहमन्त्री थापाले कुमार पौडेलले प्रहरीलाई हमला गरेकोले आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको दाबी गरेका थिए ।

पौडेलले स्थानीय जनप्रतिनिधिसँग जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउने काम गरिरहेको आरोप मन्त्री थापाले लगाए ।

प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले विप्लवको पार्टीका इन्चार्ज पौडेलले जनतालाई आतंकित पार्दै आएको बताए । समितिले घटनाको सम्बन्धमा ७ दिनभित्र समितिमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x