पोखराबाट विप्लव समूहका नेता समातिए, २ स्थानमा शंकास्पद वस्तु फेला

असार १०, २०७६

काठमाडौं–प्रतिवन्धित विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ परेका छन् । 

सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । 
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । 


ADVERTISEMENT

यसैबीच आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । हिजो साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो ।  
 

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार