×

NMB BANK
NIC ASIA

माथागढीमा रोजगार श्रमिक बैंक स्थापना हुने

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा – युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराएर गाउँमै उद्यमी बनाउन पाल्पाको माथागढी गाउँपालिकामा रोजगार श्रमिक बैंक स्थापना हुने भएको छ । 

Muktinath Bank

गाउँपालिकाले युवालाई लक्षित गरी पाँचौं गाउँसभाबाट आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरणमा रोजगार श्रमिक बैंक स्थापना गर्ने लक्ष्य लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रमिक बैंकबाट युवाहरुले गाउँमै उद्यमी तथा रोजगारीका लागि सहुलियत दरमा ऋण तथा सहयोग पाउनेछन् । 


Advertisment
Nabil box
Kumari

गाउँमै बसेर व्यवसाय तथा उद्यम गर्न चाहने युवालाई सहुलियत दरमा ऋण प्रवाह गर्ने गरी गाउँपालिकाले रोजगार श्रमिक बैंक स्थापना गर्न लागेको अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘गाउँपालिकाभित्र करीब १ हजार युवालाई सीटीईभीटीबाट तालिम दिई दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादित जनशक्तिलाई गाउँपालिकाभित्रै पूर्वाधार निर्माणमा परिचालन गर्ने गरी अगाडि बढेका छौं,’ उनले भने ।

Vianet communication
Laxmi Bank

अहिलेको प्रविधि तथा गुणस्तरलाई ध्यान दिँदै नक्सा पास, घर निर्माणका लागि स्थानीय ५ सय जना व्यक्तिलाई सिटिइभिटीबाट प्राविधिक तालीम दिई गाउँगाउँमा भूकम्प प्रतिरोधी नमूना घर निर्माण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको अध्यक्ष थापाले बताए ।

गाउँको रकम गाउँमै खर्च गरेर व्यक्तिलाई बीमासहितको रोजगार दिने गाउँपालिकाको लक्ष्य छ । शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा गाउँपालिकालाई नमूना बनाउने गरी योजनाका साथ अगाडि बढेको बताइएको छ ।

मगर समुदायको बाहुल्यता रहेको यस गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियानका साथ सबै स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा, निःशुल्क औषधि उपचार र बर्थिङ सेन्टर सञ्चालन गर्ने जनाएको छ । गाउँपालिकाले घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन अभियानकै रुपमा विभिन्न कार्यक्रम गरिरहेको छ ।

स्थानीयको आयस्तर वृद्धि गराउन कृषिजन्य सामग्री, उन्नत जातका बीउबिजन वितरण कार्यलाई निरन्तर रुपमा अगाडि बढाउँदै जाने गाउँपालिकाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x