×

NMB BANK
NIC ASIA

अमेरिकाले इरानका सर्वोच्च नेता खमेनीमाथि किन लगायो प्रतिबन्ध ?

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिका र इरानबीचको तनाव लगातार बढिरहेको छ । इरान पहिलेदेखि नै अमेरिकाले लगाएको प्रतिबन्धले थलिएको छ । अहिले आएर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उसमाथि थप कडा प्रतिबन्ध लगाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नयाँ प्रतिबन्धको दायरामा इरानका सर्वोच्च नेता अली खमेनेई पनि परेका छन् । खमेनेई इरानका आध्यात्मिक नेता र सर्वोच्च अधिकारी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरानमा भइरहेका प्रतिकूल कामकारवाहीका लागि उनी नै जिम्मेवार भएको भन्दै आयातोल्लाह खमेनेईमाथि प्रतिबन्ध लगाइएको ट्रम्पको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

बीबीसी संवाददाता बारबरा प्लेट खमेनेईमाथिको प्रतिबन्ध महत्त्वपूर्ण भएको बताउँछिन् । 

Vianet communication
Laxmi Bank

उनी भन्छिन्, ‘उनी वास्तवमै इरानका सर्वोच्च नेता हुन् । इरानको राजनीतिक र सैन्य मामिलाका अन्तिम फैसला उनैले लिन्छन् । उनीसँग आर्थिक शक्ति पनि छ ।’

खमेनेई सेताद नामक संस्थाका संरक्षक हुन् । यस संस्थाले सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि सम्पत्तिहरूमा नियन्त्रण जमाएको थियो र त्यसबाट ९५ अर्ब डलरको ठूलो व्यापारिक साम्राज्य खडा गरेको थियो । 

सेतादमाथि अमेरिकाल् पहिलेदेखि नै प्रतिबन्ध लगाएको छ । तर ट्रम्पले अहिले त्यसमा थप कडा प्रतिबन्ध लगाएका छन् । यसमार्फत खमेनेईसँग जोडिएका मानिसलाई तारो बनाइएको छ । यो कम्पनीमा काम गर्ने मानिस खमेनेईका सरकारी प्रतिनिधि हुन् । 

ट्रम्पका अनुसार, खमेनेईको सोचमै आधारित रही इरानले अहिलेका गतिविधि सञ्चालन गरिरहेको हो । खमेनेईले इस्लामिक रिभोल्युसनरी गार्ड्सको सेना जस्ता खतरनाक संगठन आफैं सञ्चालन गर्छन् । 

ट्रम्पको कार्यकारी आदेश अनुसार लगाइएको ताजा प्रतिबन्धपछि इरानका सर्वोच्च नेता, उनको कार्यालय र उनीसँग जोडिएका सबै मानिस आर्थिक सहयोगबाट वञ्चित हुनेछन् । 

खमेनेई बारम्बार पश्चिम अनि अझ अमेरिकाको निन्दा गरिरहेका हुन्छन् । 

तर उनी वार्ताको समर्थन पनि गर्छन् । 

खमेनेईले सन् १९८९ मा इरान गणराज्यका संस्थापक र पहिलो सर्वोच्च नेता आयातोल्लाह खोमेनीको स्थान लिएका र्थि । यसअघि सन् १९८१ देखि १९८९ सम्म उनी दुईपटक राष्ट्रपति बने । 

सर्वोच्च नेताका रूपमा आफ्नो पदलाई थप बलियो बनाउनका लागि खमेनेईले इरानका विभिन्न संस्था र सुरक्षाबलसँग सम्बन्ध घनीभूत पारे ।

खमेनेईका शक्ति र उनका फैसलाहरू विवादमा पनि परेका छन् । 

नयाँ प्रतिबन्धअन्तर्गत इरानको अर्बौं डलर  फ्रीज गरिनेछ । 

अमेरिकाले इरानमाथि तेल र आर्थिक प्रतिबन्ध लगाएको छ । थप प्रतिबन्ध लगाएर उसले इरानलाई झुक्न र कुराकानीका लागि बाध्य बनाउन चाहेको देखिन्छ । 

इरानले आणविक कार्यक्रम बन्द गरोस् भन्ने चाहना अमेरिकाले राखेको छ । अनि मिसाइल उत्पादन रोक्न तथा हेज्बोल्लाह लगायतका संगठनलाई सहयोग बन्द गर्न पनि इरान तयार हुनुपर्ने अमेरिकाको भनाइ छ ।

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले अत्यधिक दबाबको रणनीतिका कारण इरानले क्षेत्रीय सेना सञ्चालनका लागि पैसा जुटाउन नसक्ने तर्क गरेका छन् । 

इरानले अमेरिकी ड्रोन खसाएकोले नयाँ प्रतिबन्ध लगाइएको ट्रम्पको भनाइ छ ।

इरानले ताजा प्रतिबन्धमाथि कडा प्रतिक्रिया दिएको छ । इरानका परराष्ट्रमन्त्री जावेद जरीफले ट्विट गरेर ट्रम्प प्रशासन युद्धका लागि प्यासी भएको लेखे ।

अमेरिकाका अर्थमन्त्री स्टिभ म्नुचिनले आफ्नो देश इरानसँग वार्ता गर्न तयार रहेको बताए ।

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x