नर्सले तोकिएको पारिश्रामिक नपाएको गुनासो

असार १०, २०७६

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा सांसद उदया शर्मा पौडेलले सरकारले श्रमिकका लागि पारिश्रामिक तोकेको भए तापनि नर्सले तोकिएको पारिश्रामिक नपाएको प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा उनले नर्सको श्रमको उचित मूल्यांकन नभएको बताइन् ।


ADVERTISEMENT

सांसद खिलकुमार विश्वकर्माले सरकारको चालू आवमा सुत्केरीलाई हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराई ५ सय रुपैयाँ प्रभावकारी रुपमा कार्यान्वयन भएको नदेखिएको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद अनिता देवकोटाले नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टरमा हत्या भएको भनिएकाले सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरे । 

सांसद इन्दु कडरियाले  कञ्चनपुर जिल्लामा हुलाकी सडक बन्दाबन्दै भारतीय सुरक्षाकर्मीले धम्याउने क्रम  नरोकिएको हुनाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद कमलाकुमारी ओलीले यातायात क्षेत्रमा एकाधिकार अन्त्य भइसक्दा पनि कायम रहेको देखिएकाले सत्यतथ्य दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार