×

NMB BANK
NIC ASIA

संरक्षण/शासन

स्थानीय तहमा पर्यावरणमैत्री अभियान : वनैपिच्छे पोखरी

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – पर्यावरण जोगाउन बुटवलमा ‘एक वन एक पोखरी निर्माण’ अभियान शुरू गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जलवायु परिवर्तनले नकारात्मक असर पारेको र पानीका स्रोत  पनि सुक्दै गइरहेकाले त्यसलाई सुधार गर्न र वातावरण संरक्षणका लागि पोखरी निर्माण अभियान थालिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुरे पहाडमा रहेका र चुरेको फेदीमा रहेका सामुदायिक वनमा पोखरी निर्माण शुरू गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।


Advertisment
Nabil box
Kumari

पोखरीका कारण त्यसभन्दा तलका स्थानमा पानीको मुलमा सुधार ल्याउने र सिमसार बन्दै हरियाली वातावरणले सुन्दरतासमेत बढाउने लक्ष्यका साथ वनहरुमा पोखरी निर्माणको काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ । 

Vianet communication
Laxmi Bank

सुवेदी भन्छन्, ‘वनमा निर्माण गरिएका पोखरीले वनजन्तु तथा पशुपन्छीका लागि पानीको आहार हुन्छ, त्यहाँबाट सिर्सिने पानीले जमिन मुनीको पानीलाई रिचार्ज गर्छ यस्को दोहोरो फाइदा छ ।’ जलवायु परिवर्तनका असर छिटो–छिटो देखिन थालेका र त्यसले पानीका प्राकृतिक स्रोत पनि सुक्दै गइरहेका बेला बुटवलले यस्तो नुमना कामको शुरूआत गरेको हो ।

पुराना पोखरी मासिँदै जाँदा जमिनमा पानी ‘रिचार्ज’ नभएपछि मुहान नै सुक्दै गएपछि धेरैतिर पानीको अभाव बढ्दो छ । वातावरण जोगाउन र त्यो अभियानमा समुदायलाई पनि सरिक बनाउन वनमा पोखरी निर्माणलाई अभियानकै रूपमा अगाडि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।

२० मध्ये ७ वटा सामुदायिक वनमा पोखरी निर्माण

बुटवलमा २० वटा सामुदायिक वन छन् । यीमध्ये हाल ७ वटा वनमा पोखरी निर्माण भएको छ ।  बुटवलमा हालसम्म चारपाला, शिवनगर, बुटवल, चुरे, जितेश्वरी, रामनगर र तिनाउखोला नियन्त्रण सामुदायिक वनमा पोखरी निर्माण भइसकेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । बाँकी वनमा थप अध्ययन पछि अर्को वर्ष पोखरी निर्माणको काम अगाडि बढाइने भएको छ ।

यी सबै वनमा पोखरी निर्माणका लागि उपमहानगरले चालू आवमा मात्रै २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता रेग्मीका अनुसार उपमहानगरको अभियानमा प्रदेश सरकारका र सामुदायिक वन उपभोक्ताको पनि लागत सहभागिता रहेको छ ।

गत वर्षको नगरसभाबाट पारित भएको कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा बताउँछन् ।

पानीका पुराना मूल रिचार्ज हुने विश्वास

चिडियाखोला क्षेत्र बुटवलको पानीको एउटा स्रोत भएको क्षेत्र हो । यो क्षेत्र तुलनात्मक रुपमा अन्यत्र भन्दा चिसो छ । यहीँ ठाउँको माथिपट्टि तिनाउ गाउँपालिकाको सिमानामा चुरे सामुदायिक वन पर्दछ ।
सोही वनको एउटा मुहान क्षेत्रमा बुटवलले पोखरी निर्माण गरेको वनका अध्यक्ष कमल केसीले बताए । उनले चिडियाखोलाको माथि रहेको चिसापानी, ओखलढुंगा भन्ने ठाउँमा पोखरी निर्माण गरिएको बताए । 

यो ठाउँमा पानीको पुरानो प्राकृतिक सानो मूल छ । तर, संरक्षणको अभावमा भासिँदै र नासिँदै गएको छ । त्यहाँ वन्यजन्तुले समेत पानी पिउनसक्ने अवस्था छैन । त्यहीँ ठाउँमा १५ मिटर लम्बाइ र १२ मिटर चौडाइको पोखरी खनिएको छ । यो ठाउँको तलतिर रहेका पानीका अरु मूललाई रिचार्ज गर्ने गरी यो पोखरीको डिजाइन गरिएको उपमहानगरका योजना प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए । 

यहीँ पोखरीमा झण्डै १ किलोमिटर परबाट पाइपमार्फत पानी ल्याएर पोखरीमा खन्याइएको उपभोक्ता समितिका सदस्य हरिप्रसाद भट्टराईले बताए । यहीँ बाटो हुँदै ऐतिहासिक बसन्तपुर क्षेत्रमा जाने गरिन्छ, जुन बाटो अहिले भाँसिएको अवस्थामा छ । 

चारपाला सामुदायिक वनको प्रगतिनगरदेखि पानी रहेको पुरानो नर्सरीमा पोखरी खनिएको छ । त्यहाँ वर्षात्को पानी संकलन गर्ने लक्ष्य रहेको वनका अध्यक्ष रामबहादुर पुनको भनाइ छ । त्यहाँको केही पर रहेको पानीको प्राकृतिक मुल भाँसिएको अवस्थामा छ । त्यसलाई रिचार्ज गर्न मिल्ने गरी पोखरी डिजाइन गरिएको बताइएको छ ।

बुटवल–७ को शिवनगर सामुदायिक वनस्थित आँपखोलामा पनि नयाँ पोखरी खनिएको छ । त्यहाँ नजिकै रहेको पानीको प्राकृतिक मुललाई संरक्षण गर्दै पाइनपमार्फत पानी पोखरीमा ल्याइने छ । वन्यजन्तुका लागि र पानीको सिम्सार बढाउनका लागि पोखरी खनिएको अध्यक्ष नारायणबाबु बस्नेतले बताए ।

बुटवलको हरियाली ५३ प्रतिशतभन्दा माथि 

मुलुकका कुनै पनि नगरको हरियाली क्षेत्रमा बुटवलको हरियाली सबैभन्दा धेरै रहेको पाइएको छ । हालै भएको एक प्राविधिक अध्ययनले यहाँको हरियाली ५३ प्रतिशतभन्दा माथि रहेको पाइएको छ । अध्ययनमा खटिएका इन्जिनियर कुमार धमलाका अनुसार गत वर्ष गरिएको अध्ययनमा हरियाली क्षेत्र बुटवलको धेरै पाइएको हो ।

धमलाको नेतृत्वमा रहेको प्राविधिकहरुको टोलीले मुलुकका महानगर, उपमहानगर र नगरपालिकाको हरियाली क्षेत्र, पानीका प्राकृतिक स्रोतको क्षेत्रको अध्ययन गरेको थियो । बुटवलमा पानीको सतह भन कमजोर रहेको इन्जिनियर धमलाले बताए । पानीका प्राकृतिक स्रोतको संरक्षण गर्दै मूल जोगाउने काममा वनमा पोखरी निर्माण एउटा महत्त्वपूर्ण माध्यम हुने बताइएको छ ।

पर्यावरणमैत्री काम : विज्ञ

वनमा पोखरी निर्माणको कामलाई वातावरण विद्हरूले पर्यावरणमैत्री रहेको टिप्पणी गरे । वातावरणविद् डा. इन्जिनियर खेटराज दाहालले ‘एक वन एक पोखरी’को नीति पर्यावरणमैत्री रहेको बताए । सरकारले शुरू गरेको अभियानलाई बुटवलले व्यवहारमै उतारेर नमुना कामको थालनी गरेको उनको भनाइ छ ।

वन विनाश, जलवायु परिवर्तन, सुख्खा खडेरी तथा बिना प्राविधिक इस्टीमेट खनिएका सडकका कारण भूमिगत मुहान सुक्ने र दबिने क्रमले खानेपानी समस्या बढेको भन्दै वनमा पोखरी बनाउने काम उदाहरणीय रहेको उनको भनाइ छ ।

प्रदेश सरकारको २२ करोड रुपैयाँ बजेट 

प्रदेश सरकारले पनि पर्यावरण सन्तुलनका काममा चासो दिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरणको क्षेत्रमा चालू आर्थिक वर्षमा २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा शहरी जलाधार क्षेत्र संरक्षण कार्यक्रमका लागि ६ करोडसम्म बजेट विनियोजन भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x