×

NMB BANK
NIC ASIA

बजारमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिगबिगी

असार १६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बनेपा – बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ ।

Muktinath Bank

जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले गरेको अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराएको छ । सो क्षेत्रका दर्जनौं पसलमध्ये ५/६ वटा पसलमा म्याद गुज्रेका र अखाद्य वस्तुको समेत प्रयोग गरी बिक्री वितरण गर्दै आएको पाएपछि ती सामग्री नष्ट गरिएको हो ।


Advertisment
Nabil box
Kumari

‘हामीले सो ठाउँको किराना पसलमा गरेको अनुगमनमा म्याद गुज्रेका तीन कार्टुन सन् फ्लावर तेलको प्याकेट, वनस्पति घ्यू १४ प्याकेट, मिरिन्डा र स्प्राइड, खुर्सानी र बेसारको धुलो नष्ट गरेका छौं,’ उनले भने, ‘त्यससँगै विशेष गरी त्यस ठाउँमा बिक्री हुँदै आएको माछामा अखाद्य वस्तु (रङ) मिसाएर बेच्नुका साथै बजारमा धुलो धुँवा उडेको ठाउँमा खुलारुपमा नै गाडामा राखेर र प्लेटमा राखेर गाडीका यात्रुलाई बेच्ने गरेको पाइएको छ ।’

Vianet communication
Laxmi Bank

जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा परिचित दोलालघाट बजारमा खुलारुपमा बाहिर नै राखेर बिक्री गर्दै आएको माछामा अखाद्य वस्तु प्रयोग गर्नुका साथै धुलो धुँवा मिसिएको पाइएको बताउँदै त्यसको लागि सुरक्षित तवरले बिक्री गर्न निर्देशन दिएको उनले बताए । ‘त्यसको लागि हामीले ७ दिनको समय दिएर अखाद्य वस्तु प्रयोग नगर्ने, धुलो नपस्ने गरी सिसाको बार लगाएर राख्ने, जालीले बेर्ने र प्लाष्टिकले छोपेर राख्नुपर्ने भनी निर्देशन दिएका छौं,’ पुरीले भने, ‘यदि दिएको समयभित्र पनि निर्देशन पालना नगरेको पाइएमा देखिएका वस्तु जफत गर्नेछौं ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव भण्डारीले भुटेर खाने वस्तुमा रङ हालेर पकाएर खुवाएको खण्डमा दूषितअन्तर्गत कारवाही हुने बताए । 

‘आज हामीले चेतावनी मात्रै दिएका छौं, भोलिको दिनमा सुधार नगरी यस्तै गरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्न बाध्य हुन्छौं,’ भण्डारीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x