पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
असार १६, २०७६
काठमाडौं – मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन संघीय समाजवादी फोरम तथा नयाँ शक्ति पार्टी एकीकरण भएर बनेको समाजवादी पार्टीबीच एकीकरणको बहस चलिरहेको भएपनि एकता कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन ।
समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले एकीकरणको बहस घनिभूत रूपमा चलिरहेको लोकान्तरलाई बताए ।
‘आज–भोलि नै रिजल्ट आउने गरी केही सहमति भएको छैन,’ आइतवार लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘तर एकता गर्ने निष्कर्षमा दुवै पार्टी पुगेका छौं । दुवै पक्षबाट आ–आफ्ना कुराहरू राख्ने काम भइरहेको छ ।’
राजपासँग एकताका लागि पहल गरिरहेको उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरमले एकाएक नयाँ शक्तिसँग एकता गरेपछि राजपाका नेता रनभुल्लमा परेका थिए । एकतापछि बनेको नयाँ समाजवादी पार्टीका पदाधिकारीले विचार मिल्नेसँग एकताको ढोका बन्द नगरेको भन्दै राजपाका नेतालाई फकाउने प्रयास गरे । त्यसपछि पुनः दुवै तर्फबाट एकताका लागि प्रयास शुरू गरिएको छ ।
पछिल्लो समयमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोबीच जनकपुरमा छलफल भएपछि एकताका लागि सकारात्मक वातावरण बनेको हो ।
यादवसँगको छलफलपछि महतोले देशमा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता रहेको र त्यसका लागि वातावरण बन्दै गइरहेको टिप्पणी गरे । संविधान बनेदेखि नै मधेशकेन्द्रित दल राजपा र फोरमले संविधान संशोधनको मुद्दा प्रमुखताका साथ उठाइरहेका छन् । सोही मागमा तत्कालीन नयाँ शक्तिले पनि आफ्नो सहमति जनाएको थियो ।
संविधान संशोधन गर्ने सहमतिका साथ तत्कालीन फोरम सरकारमै सहभागी भएको छ भने राजपाले संशोधनकै आशामा सरकारलाई समर्थन गरेको थियो तर संविधान संशोधनमा सरकार उदासिन देखिएको भन्दै राजपाले केही महिनाअघि सरकारलाई दिएको समर्थन फिर्ता लियो ।
समर्थन फिर्ता लिने बेलामा राजपाका नेता अनिलकुमार झाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई वास्ता गर्न छाडेको आरोप लगाएका थिए ।
राजपाका नेता महेन्द्रराय यादवले १–२ दिनमै निष्कर्ष निस्कने सम्भावना नरहेपनि वार्ता सकारात्मक रूपमा अघि बढेको र छिट्टै एकता हुनसक्ने बताए । ‘१–२ दिनमै त केही नहोला,’ लोकान्तरसँग कुरा गर्दै यादवले भने, ‘वार्ताको क्रम चलिरहेको हुनाले हामीले आफ्नो तर्फबाट कुराहरू राखेका छौं भने उहाँहरूले आफ्ना कुराहरू राखिरहनुभएको छ ।’
तर यादवले समाजवादी पार्टी सरकारबाट हट्नुपर्ने विषयमा राजपाले हालसम्म केही धारणा नबनाएको दाबी गरे । आफूहरू छलफलकै क्रममा रहेकाले सरकारमा सहभागिताको विषयमा प्रवेश नगरेको यादवले बताएका हुन् । ‘पहिला एकता हुने/नहुने विषयमा निष्कर्षमा पुग्नुपर्यो अनि एकताको मोडालिटीको कुरा छ, नेतृत्व बाँडफाँडको कुरा आउला, त्यसपछि मात्र सरकार छाड्ने/नछाड्ने विषयमा छलफल हुनेछ,’ यादवले भने ।
समाजवादी पार्टी र राजपाबीच एकता भएर नयाँ पार्टी बन्यो भने त्यसले संसदीय अंकगणितका आधारमा मात्र नभई एजेन्डा र प्रभावका आधारमा पनि राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण अर्थ राख्ने देखिएको छ । एकतापछि संख्याका हिसाबले संघीय संसदमा ३१ जनाको प्रतिनिधित्व रहने छ भने यो संख्या सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसपछि तेस्रो नम्बरमा रहने छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...