×

NMB BANK
NIC ASIA

केन्द्रजस्तै रोग देखियो प्रदेशतिर, असार सकिनैलाग्दा ३१% बजेट खर्च

असार १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संघीय सरकारले अपेक्षा अनुसार बजेट खर्च गर्न नसकेको बेला प्रदेश सरकार पनि बजेट खर्चमा कमजोर देखिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

चालू आर्थिक वर्ष २०७५/०७६ सकिन २ हप्ता पनि बाँकी नभएको अवस्थामा बजेटको एकतिहाई समेत खर्च गर्न नसक्दा प्रदेशहरू बजेट खर्चमा कमजोर देखिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षमा ७ वटै प्रदेशले समग्रमा बजेटको करीब ३१ प्रतिशत मात्रै खर्च गरेका छन् । महालेखा नियन्त्रकको सोमवारसम्मको तथ्यांक अनुसार ७ वटै प्रदेशले ६३ अर्ब ९६ करोड ११ लाख १ हजार रुपैयाँ मात्रै खर्च गरेका छन् । खर्च कुल बजेटको ३० दशमलव ९२ प्रतिशत हो । चालू आर्थिक वर्ष २०७५/०७६ मा ७ वटै प्रदेशको बजेट २ खर्ब ६ अर्ब ८० करोड ५ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।


Advertisment
Nabil box
Kumari

सो अवधिमा सबै प्रदेशको चालूतर्फ ३३ अर्ब १ करोड ५८ लाख ३५ हजार र पूँजीगततर्फ ३० अर्ब ९४ करोड ५२ लाख ६५ हजार रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक रहेको छ ।

Vianet communication
Laxmi Bank

कुन प्रदेशमा कति खर्च ?

प्रदेश १ सरकारमा १३ अर्ब ६९ करोड ४२ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । त्यसमा चालूतर्फ ७ अर्ब ३३ करोड ५३ लाख २० हजार र पूँजीगततर्फ ६ अर्ब ३५ करोड ८८ लाख ९८ हजार रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

चालू आर्थिक वर्षमा प्रदेश १ सरकारको बजेट ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको रहेको थियो । त्यसमा चालूतर्फ १४ अर्ब ९२ करोड १८ लाख, पूँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख र अन्तरसरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको थियो ।

प्रदेश २ सरकारमा चालू आर्थिक वर्षमा ७ खर्ब ६२ अर्ब १३ लाख रुपैयाँ खर्च भएको छ । प्रदेशमा चालूतर्फ ३ अर्ब ९० करोड ६७ लाख ५४ हजार ७ सय ६३ रुपैयाँ र पूँजीगततर्फ ३ अर्ब ७१ करोड ४५ लाख ४५ हजार ८ सय ९७ रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा छ ।

चालू आर्थिक वर्षमा प्रदेश २ सरकारको बजेट २९ अर्ब  ७८ करोड ६९ लाख रुपैयाँ रहेको थियो । जसमध्ये चालूतर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार रुपैयाँ र पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रदेश ३ सरकारमा चालू आर्थिक वर्षमा ११ अर्ब ४६ करोड ९४ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ । प्रदेशमा चालूतर्फ ६ अर्ब ९६ करोड ७६ लाख ८८ हजार रुपैयाँ र पूँजीगततर्फ ४ अर्ब ५० करोड १८ लाख ६ हजार रुपैयाँ खर्च भएको छ ।

प्रदेशमा चालू आर्थिक वर्षमा ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट रहेको थियो । जसमा चालूतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार र पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार रुपैयाँ रहेको थियो ।

चालू आर्थिक वर्षको सोमवारसम्म गण्डकी प्रदेशमा ७ अर्ब ७१ करोड ५ लाख ४८ हजार रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक रहेको छ । त्यसमा चालूतर्फ ३ अर्ब २५ करोड ९८ लाख २४ हजार र पूँजीगततर्फ ४ अर्ब ४५ करोड ७ लाख २४ हजार रुपैयाँ खर्च भएको छ । प्रदेशमा चालू आर्थिक वर्षमा २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो । त्यसमा चालूतर्फ ६ अर्ब ९१ करोड ५५ लाख, पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख र अन्तरसरकारी वित्तीय हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश ५ सरकारमा १० अर्ब ५८ करोड ४८ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ । प्रदेशमा चालूतर्फ ४ अर्ब ७९ करोड ३६ लाख २ हजार रुपैयाँ र पूँजीगततर्फ ५ अर्ब ७९ करोड १२ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । प्रदेशमा चालू आवमा बजेट २८ अर्ब ९ करोड ३ लाख रुपैयाँ थियो । प्रदेशमा चालूतर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार रुपैयाँ र पूँजीगततर्फ १६ अर्ब ६२ करोड ४३ लाख ९८ हजार रुपैयाँको बजेट थियो ।

चालू आवमा कर्णाली प्रदेशमा ५ अर्ब २ करोड २८ लाख ७० हजार रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशको चालू आर्थिक वर्षको बजेट २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

कर्णाली प्रदेशमा चालूतर्फ ६ अर्ब ६३  करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको थियो । वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षमा ७ अर्ब ८५ करोड ७७ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ । सुदूरपश्चिममा चालूतर्फ ४ अर्ब १७ करोड ३ लाख ३६ हजार रुपैयाँ र पूँजीगततर्फ ३ अर्ब ६८ करोड ७४ लाख ४९ हजार रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा छ ।

चालू आवमा सुदूरपश्चिम प्रदेशमा २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको बजेट रहेको थियो । जसमा चालूतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पूँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x