मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
काठमाडौं – परिवारको पुरानो ‘धन्दा’मै लाग्ने वा आफ्नो जीवनका अन्य आयामलाई पहिचान गर्ने भन्ने द्विविधामा रहेको प्रमुख पात्रबाट शुरू हुन्छ नाटक ‘दी फ्लाइट’ ।
गाउँको शक्तिशाली परिवारसँग पात्रको संघर्ष चल्छ । उसको मुक्तिको चाहना पूरा हुन पाइराखेको हुँदैन । उ बाहिर निस्कन पनि सक्दैन ।
गलत भएको जान्दाजान्दै पनि महिलालाई भारतका कोठीमा पुर्याउने परिवारले चलाएको धन्दामा अभ्यस्त हुँदै जान्छ त्यो युवक पनि ।
महिलालाई अन्तर्यको सौन्दर्यभन्दा पनि आवरणलाई हेरेर उपयोगको साधन बनाएको सन्दर्भले नाटक गर्ने दर्शकलाई प्रश्न गर्न बाध्य बनाउँछ । नाटक क्रमशः अघि बढ्दै जाँदा शक्तिशाली पंक्षि चीलको प्रवेश हुन्छ । त्यसपछि जुन सन्देश नाटकमार्फत् प्रस्तुत गरिएको छ, त्यो चाहिँ समाजको युगान्तकारी छलाङको कसी बन्न पुग्छ ।
फ्रान्सेली कलाकार अलिजे बिआनिकको लेखन तथा निर्देशन रहेको नाटक ‘दी फ्लाइट’ काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन भइरहेको छ । नाटकमा सामाजिक विषयको उठान गरिएको निर्देशक अलिजेले बताइन् ।
‘आर्थिक प्रलोभन र सामाजिक विचलनले बढिरहेको छ तर परिवर्तन आवश्यक र अवश्यम्भावी छ भन्ने विषयको उठान नाटकमा गरिएको छ,’ उनले भनिन्, ‘दी फ्लाइटको सन्देश सोच र चिन्तनमा सम्पूर्ण परिवर्तन आवश्यक छ भन्ने नै हो ।’
सोलिस पर्फमिङ आट्र्स र वान वल्र्ड थिएटरको प्रस्तुति रहेको नाटकमा पशुपति राई, विजया राई, किरण श्रेष्ठ, सृष्टि महर्जन, निसिला शाक्य, सरोज श्रेष्ठ, सलमान खान गुरुङ, जेडी तमु, कल्पना सियोङ सोङ, सुनिल तामाङ, रोश्नी कार्की लगायत २६ जना कलाकारको अभिनय छ ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...