×

NMB BANK
NIC ASIA

डण्डीफोर निको पार्ने सजिलो तरिका थाहा छ ?

असार २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

किशोर हुँदै गइएपछि हर्मोनमा आउने परिवर्तनका कारण मुखमा डण्डीफोर देखिन थाल्छन् । सुन्दर अनुहारलाई कुरूप बनाइदिन्छन् डण्डीफोरले । विशेषगरी नाक र निधारमा भरर्र डण्डीफोर आउँछन् । फुल्दै गएपछि डण्डीफोर साह्रो हुन्छ र छालाका छिद्रलाई ढाक्छ ।

Muktinath Bank

छालारोग विशेषज्ञहरूले हातले डण्डीफोर फुटाउने वा थिच्ने सल्लाह दिँदैनन् किनकि यसो गर्दा ब्याक्टेरियाहरू छालामा धस्सिन्छ पुग्छन् र पीप जम्छ । तैपनि धेरै मान्छे यसै गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ हामी तपाईंलाई डण्डीफोर हटाउने सजिलो र प्रभावकारी तरिका सिकाउँछौं ।


Advertisment
Nabil box
Kumari

यसका लागि तपाईंले एक चम्चा नुन, आधी चम्चा कागतीको रस र एक चम्चा पानी लिनुपर्ने हुन्छ ।

Vianet communication
Laxmi Bank

यसो गर्नुस् : पहिला सानो कचौरामा नुन हाल्नुस् । अनि पानी हाल्नुस् । त्यसपछि कागतीको रस हाल्नुस् । त्यसपछि मजाले घोल्नुस् ।

त्यसपछि यो घोललाई औंलाको टुप्पामा लिएर डण्डीफोरमा बिस्तारै माड्नुस् । हल्का हातले गोलो गोलो घुमाउनुस् । त्यसपछि तपाईंले आनन्दले डण्डीफोर निस्केको थाहा पाउनुहुन्छ । यसो गरेको तीन मिनेटपछि मनतातो पानीले मुख धुनुस् ।

नुनले प्राकृतिक रूपमा ब्याक्टेरिया मार्छ र छालाको छिद्रलाई खोलेर फोहोर हटाइदिन्छ । कागतीमा भएको प्राकृतिक अम्लले कीटाणुहरूलाई नरम र प्रभावकारी तरिकाले नाश गर्छ । अनि कागतीले छालाको पुरानो र मृत कोषिकालाई मारिदिन्छ । यसो हुँदा छालाका छिद्रले लामो सास लिन पाउँछ ।

यो उपाय हप्ताको दुईचोटि मात्र गरिरहनुभयो भनेपनि डण्डीफोर हट्छन् ।

एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x