×

NMB BANK
NIC ASIA

लोकलाजका कारण अझै खुल्दैनन् एचआईभी संक्रमित

असार २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरी– एचआईभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ ।
 
एचआईभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तरक्रियामा जोड दिइएको हो । 

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त अस्पतालद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र सरोकारवालालाई सो विषयमा जानकारी दिइएको एचआईभी/एड्सका परमर्शदाता सुनिता यादवले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सप्तरीमा २१२ एचआईभी सङ्क्रमित रहे पनि लोकलाज र चेतनाको कमीले एचआईभी सङ्क्रमित औषधोपचारका लागि खुलेर अगाडि नआउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सुरक्षा कवच अपनाऔँ तर भेदभाव नगरौं भन्दै उनले सन् २०२० सम्ममा ९० प्रतिशत सङ्क्रमित पत्ता लगाएर तिनको उपचार गर्ने र ९० प्रतिशत नै जिवाणु कम गर्ने सरकारको नीति रहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

निर्मलीकरण नगरिएका सिरिञ्ज र ब्लेडको साझा प्रयोगबाट, र्‍यालबाट, एचआईभी सङ्क्रमितको रगतबाट, शरीरका अङ्ग प्रत्यारोपण, सङ्क्रमित आमाले गर्भधारण गर्दा पनि सजिलै एचआईभी सर्नसक्ने भएकाले जथाभावी यौन सम्पर्कबाट मात्र एचआईभी सर्छ भन्ने सोच हटाउनुपर्ने डा. दासले बताए ।

उक्त अस्पतालका नर्सिङ निरीक्षक लक्ष्मी चौधरीले छुँदैमा, हात मिलाउँदैमा, सँगै बस्दैमा, लुगा साटासाट गर्दैमा एचआईभी नसर्ने भएकाले सङ्क्रमितलाई लाञ्छना लगाई तिरस्कार गर्नुभन्दा सकारात्मक व्यवहारले सहयोग गरेमा उनीहरूको आयु बढाउन सकिने बताए ।
     
निःशुल्क औषधोपचारको व्यवस्था भए पनि अस्पतालको तथ्याङ्कअनुसार जिल्लामा एचआईभी सङ्क्रमित १११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएकामा ११ बालबालिका पनि छन् ।

एचआईभी एड्सका कारण हालसम्म १३ पुरुष, तीन महिला र दुई तेस्रो लिङ्गीको मृत्यु भइसकेको उक्त अस्पतालले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x