×

NMB BANK
NIC ASIA

दिशाविहीन कर्णाली सरकार : नीति तथा कार्यक्रम एकातिर, बजेट अर्कैतिर !

असार २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत –कर्णाली प्रदेश योजना आयोगको सुझाव कर्णाली प्रदेश सरकारले लत्याएको पाइएको छ । योजना आयोगको योजना अनुसार सरकारले बजेट विनियोजन गर्न नसक्दा यस्तो देखिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

नीति तथा कार्यक्रममा सरकार र सदनले एक करोडभन्दा बढीको योजना मात्रै बनाउने उल्लेख छ । उक्त नीति तथा कार्यक्रम सदनबाट यसअघि नै पारित भइसकेको छ । तर सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा भने ठूला योजनाभन्दा साना योजनामा बजेटमा विनियोजन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योजना आयोगले कर्णाली प्रदेश सरकारलाई सानोमा कम्तीमा एक करोडका योजना बनाउन सुझाव दिएको थियो तर उक्त प्रस्तावलाई बेवास्ता गरिएको छ ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार योजना आयोगले सुर्खेतको एअरपोर्टको लम्बाइ बढाउने, सुर्खेतको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी योजना बनाउने, वीरेन्द्रनगरको रिङ्गरोडलाई सम्पन्न गर्ने योजना छनोट गरेको थियो । 

Vianet communication
Laxmi Bank

यस्तै कुनै एक हिमाली जिल्लामा हिमाली एयरर्पोट निर्माण गर्ने, जगदुल्ला जलविद्युत् आयोजना, भेरी–बबई जलविद्युत् आयोजना, अन्य कतै सम्भावना भएका क्षेत्रमा दुईतीन मेघावाटका भएपनि आयोजना निर्माण गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको थियो ।

आयोगले कर्णाली प्रदेशमा गाईभैँसीको स्रोत केन्द्र बनाउने, जिल्ला अस्पतालमा पर्याप्त लगानी गर्ने, राजधानीदेखि जिल्लाहरूमा पुग्ने सडकलाई कालोपत्रे गर्ने, जिल्ला सदरमुकामदेखि स्थानीय तहसम्मका सडकको स्तरोन्नति गर्ने योजना सरकारलाई बुझाएको थियो ।

साना मन्दिर बनाउनुका साटो पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र, मुगुको रारा, डोल्पाको से फोक्सुण्डो, सुर्खेतको काँक्रेबिहार, दैलेखको पञ्चकोशी क्षेत्रमा पर्याप्त लगानी गर्ने योजना आयोगले प्रस्ताव गरेको स्रोतको दाबी छ ।

आयोगले कर्णालीको लाइफ लाइनको रूपमा सरकारले लिएको अहिले संघीय सरकार मातहत रहेको हुम्ला–हिल्सा सडक केन्द्रसँग सहकार्य गरेर भएपनि निर्माण गर्नुपर्ने भनेको थियो तर सरकारले ठूला आयोजनालाई प्राथमिकता दिएन ।

यता योजना आयोगका उपाध्यक्ष डा. पूण्यप्रसाद रेग्मी भने आफूहरूले दिएको सुझाव कार्यान्वयनमा सरकार पूर्ण असफल बताउँछन् ।

‘मंसिर २७ गतेको हाम्रो पहिलो बैठकमा सबै मन्त्रालयका सचिव र अर्थमन्त्री प्रकाश ज्वालालाई विशेष अतिथिको रूपमा बोलाएका थियौं,’ उनले लोकान्तरसँग भने, ‘उहाँहरूले समेत सही गरेर एक करोड भन्दा तलका आयोजनामा लगानी नगर्ने निर्णय भएको थियो ।’ 

उपाध्यक्ष रेग्मीले सरकार मन्त्रिपरिषद्को बैठक तथा सदनबा पारित नीति तथा कार्यक्रमविपरीत हिँडेको आरोप समेत लगाए ।

‘निर्णय एउटा पारित गर्ने, काम काम अर्को गर्ने यस्तो परिपाटीले हुन्छ ?’ उनले भने, ‘हामीले प्रदेश गौरवका आयोजना भनेर दीर्घकालीन रूपमा समृद्धिलाई टेवा पुर्‍याउने खालका कम्तीमा १० वटा आयोजना बनाउँ भनेका हौं तर उहाँहरूले मान्नु भएन ।’ यही पाराले कर्णाली समृद्ध बन्न नसक्ने उनको जिकिर छ ।

सरकारले ल्याएको आगामी आवको बजेटमा ठूला आयोजना भन्दा साना र खुद्रे आयोजनालाई प्राथमिकता दिइएको छ ।

सरकारका मन्त्रीहरू नै बिचौलियाको प्रभावमा परेको प्रदेश सभाका एक सदस्यको आरोप छ । 

उनका अनुसार सांसदहरूले पेश गरेको मागपत्रमा समानुपातिक रूपमा बजेट विनियोजन गर्नुपर्ने, बजेटलाई आफ्नो क्षेत्र केन्द्रित मात्र बनाउन नहुने लगायत माग समेटिएका छन् । 

जनता आवास कार्यक्रमका लागि हरेक निर्वाचन क्षेत्रमा १० करोडका दरले बजेटको व्यवस्था गर्नुपर्ने, सांसद त्यही क्षेत्रका जनप्रतिनिधि भएको र उनीहरूले कहाँ के आवश्यकता छ भन्ने थाहा भएकोले बिचौलियाको माध्यमबाट योजना पार्ने काम बन्द गर्नुपर्ने मागहरू उल्लेख छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको मन्त्रालयमा नबाँडेर राखिएको बजेट कुन शीर्षकमा खर्च गरिने हो उल्लेख गर्नुपर्ने माग पनि उक्त पत्रमा समेटिएको नाम नबताउने शर्तमा ती प्रदेश सभा सदस्यले जानकारी दिए ।

‘चालू खर्च नबढाउँ भनेको कति धेरै बढाएर ल्याए,’ उनले भने, ‘ठूला आयोजना बनाउँ भनेको त्यो पनि ल्याइएन ।’

सरकारको मनपरीतन्त्रमा लगाम लगाउनुपर्ने उनको भनाइ छ ।
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x