नेपाली कांग्रेसमा चौधौं महाधिवेशन प्रक्रिया अगाडि बढाउने प्रस्ताव

असार २२, २०७६

काठमाडौं – नेपाली कांग्रेसले चौधौं महाधिवेशन प्रक्रिया अगाडि बढाउने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार साँझ बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको प्रक्रिया आरम्भ गर्ने लगायत १४ वटा प्रस्ताव पेश गरेका हुन् । महामन्त्री खड्काले राजनीतिक प्रस्ताव पनि पेश गरेका छन् ।


ADVERTISEMENT

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरले निर्धारित समयमै महाधिवेश गर्न माग गर्दै आएका थिए । विधानमा भएको व्यवस्था अनुसार कार्यकाल थप नभएमा यसै वर्षको फागुनमा महाधिवेशन हुनेछ । 

केन्द्रीय समितिको बैठकअघि देउवाले पदाधिकारी र प्रभावशाली नेतासँग परामर्श गरेका थिए । सभापतिले कार्यकाल थप गर्ने तयारी गरिरहेको भन्दै पौडेल पक्ष सशंकित थियो । केन्द्रीय समितिमा महाधिवेश गर्ने प्रस्ताव पेश भएपछि पौडेल पक्ष सन्तुष्ट देखिएको छ ।


यी हुन् काँग्रेस केन्द्रीय समिति बैठकमा पेश भएका १४ एजेण्डा


आइतवार नै विधान संशोधन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेश गरेका छन् । बैठकमा सभापति शेरबहादुर देउवालले मेची–महाकाली जागरण अभियानमा सहभागी भएकोमा केन्द्रीय सदस्यलाई धन्यवाद दिएका केन्द्रीय सदस्य रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए । 

केन्द्रीय समितिको बैठक २७ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको सदस्य यादवले बताए । 

असार २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस