×

NMB BANK
NIC ASIA

छोटो समयमै तौल घटाउने तरिका

असार २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

शरीरको तौल यदि सही छ भने कुनै पनि प्रकारको रोगको खतरा कम गर्न सकिन्छ । मानिसहरु धेरैजसो आफ्नो तौल कम गर्न लागिपरेका हुन्छन् । तर के तपाईंलाई थाहा छ, तौल घटाउनुभन्दा पनि बढि आवश्यक भनेको तपाईं स्वस्थ हुनु नै हो । मोटोपना राम्रो नहुने हामी सबैलाई थाहा छ तर केहि पनि नखाई तौल घटाउन लागिपर्दा तपाईं बारम्बार अस्पताल पनि जानुपर्ने हुनसक्छ । त्यसकारण सहि तरिकामा गरिएको खानपानले नै तपाईं स्वस्थ र राम्रो हुन सफल हुनुहुनेछ, डाइटिङले होइन ।

Muktinath Bank

 
तर सबैभन्दा ठूलो समस्या पेट वरिपरिको बोसो हटाउनु नै हो । कोही मानिसहरु मोटो नभएता पनि उनीहरुको पेटको वरिपरि निकै बोसो जमेको हुन्छ जसबाट उक्त व्यक्तिलाई निकै समस्यामा पारेको हुन्छ । यदि तपाईं आफ्नो तौल र पेट वरिपरिको बोसो हटाउन चाहनुहुन्छ भने अपनाउनुस् यो तरिकाः


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 
१. व्यायामः
खानामा हामी जतिसुकै कटौती गरेपनि बिना व्यायाम हामी आफ्नो तौल कम गर्न असमर्थ हुन्छौँ । व्यायामले शारिरको शक्ति बढाउँदछ र रक्त संचार पनि राम्रो बनाउने गर्दछ । दैनिक कम्तीमा आधा घण्टा तपाईंले व्यायाम गर्नुपर्ने हुन्छ । यसले तपाईं सजिलैसँग तौल घटाउन सक्नुहुन्छ भने तपाईं दिनभरी चुस्त–दुरुस्त रहन मद्दत गर्दछ । बिहान अथवा बेलुकीको खाना खाइसकेपछि अवश्य पनि टहल्नुहोस् । यसले तपाईंको खाना चाँडै नै पच्ने गर्दछ र एक्स्ट्रा क्यालोरी पनि बर्न गर्न मद्दत गर्दछ ।


Advertisment
Nabil box
Kumari

 
२. आफ्नो खानपीनको हिसाब राख्नुहोस्ः
आफ्नो खानपीनको हिसाब जरुर राख्नुहोस् । एउटा डायरी बनाउनुहोस् र त्यसमा आफूले दिनभरी खाएको खानेकुराको लिष्ट बनाउनुहोस् ।

Vianet communication
Laxmi Bank

 
३. बिहानको नास्ता खानुहोस्ः
यदि तपाईं मोटाउन चाहनुहुन्न भने बिहानको नास्ता पक्कै खानुहोस् । नाश्तामा प्रोटिनयुक्त खाद्य पदार्थ खानुहोस्, यसले तपाईंको शरिरलाई ताकत मिल्नुका साथै तौल पनि घट्दछ ।

 
४. बेलुकीको खाना चाँडै खानुहोस्ः
बेलुकीको खाना सकेसम्म चाँडै नै खानुहोस् । यसो गर्नाले यसलाई पच्नको लागि समय मिल्ने गर्दछ । सुत्नुभन्दा दुई घण्टा अघि रातीको खाना खानुहोस् ।

 
५. भोको पेट घरबाट ननिस्कनुहोस्ः
दिनमा हाम्रो शरिर उर्जाले भरिएको हुन्छ त्यसकारण त्यो उर्जालाई कायम राख्नका लागि घरबाट खाना खाएर नै निस्कनुहोस् ।

 
६. निकै पानी पिउनुहोस्ः
पानी एउटा यस्तो तत्व हो जुन तौल घटाउनमा निकै लाभदायक साबित हुने गर्दछ । यसले शरिरमा ग्लुकोजको मात्रालाई नियन्त्रण राख्न मद्दत गर्दछ ।

 
७. फलफूल खानुहोस्ः
जुस पिउनुको सट्टा फलफूल नै खानुहोस् । फलफूलले तपाईंको भोक पनि कम गर्दछ । एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x