मोबाइल फोनको लतबाट कसरी छुटकारा पाउने ?

असार २३, २०७६

के तपाईंहरु आफ्ना साथीहरुसँग धेरैजसो मोबाइलमा कुराकानी गर्ने, रिंगटोनहरु डाउनलोड गर्ने र मानिसहरुलाई मेसेज पठाउने गर्नुहुन्छ ? पक्कै पनि गर्नुहुन्छ । तर यसमा आफ्नो कति समय व्यतित गर्नुहुन्छ त्यसले तपाईंको मोबाइल फोनप्रतिको आशक्ति झल्काउँछ । संसारमा कुनै पनि कुराको अत्यधिक प्रयोग र उपयोग राम्रो मानिँदैन त्यस्तै मोबाइल फोनको पनि अत्यधिक प्रयोग पक्कै पनि हानिकार हुने गर्दछ । तपाईंको यो बानीलाई तपाईंले कम गर्नुपर्ने हुन्छ र यसका लागि तल दिइएका बुँदाहरु तपाईंका लागि उपयुक्त हुनसक्छन् ।
१. व्यस्त रहनुहोस्ः
कहिले पनि यत्तिकै नबस्नुहोस् । आफूलाई मनपर्ने कुराहरु गर्नुहोस् जस्तै सिलाई, बुनाई, उपन्यासहरु पढ्ने अथवा आफ्नो परिवारसँग कुराकानी गर्नुहोस् । यस्तो कुरामा तपाईंले धेरै समय बिताउनुभयो भने तपाईंले मोबाइल धेरै चलाउनुहुने छैन ।
२. तपाईंलाई आफ्नो मोबाइल किन यति धेरै मनपर्छ भन्ने कुरामा बिचार गर्नुहोस् । त्यसपछि तपाईंको फोनमा त्यस्तो के कुरा छ जसले तपाईंलाई त्यसतर्फ आकर्षित गरिरहेको छ भन्ने कुराको पनि जानकारी लिनुहोस् र यदि यो कुरालाई फोनबाट हटाइदिएमा के हुन्छ भन्ने कुरा पनि बिचार गर्नुहोस् । यस्ता एप्लिकेसनले साँच्चिकै तपाईंको समय बर्बाद गरिरहेको छ कि त्यसबाट तपाईंले केहि कुराहरु पनि सिक्दै हुनुहुन्छ भन्ने कुराको बिचार गरेर नचाहिने एप्लिकेसनलाई फोनबाट हटाइदिनुहोस् ।
३. आफ्नो फोन कललाई सिमित राख्नुहोस् अथवा आफ्ना साथीहरुलाई फोनको आशक्तिको बारेमा पनि बताउनुहोस् । तपाईंले यसमा नियन्त्रण गर्न नसकेपनि तपाईंको साथीले तपाईंलाई यस बारेमा सचेत गराउन सक्नेछन् ।
४. तपाईंलाई यदि आफ्नो मोबाइल फोन अनावश्यक रुपमा चलाउन मनलाग्यो भने, फोनलाई आफ्नो आमा अथवा बुवालाई राख्न दिनुहोस् । जस्तै स्कूलबाट फर्किसकेपछि, बेलुकाको खाना खाइसकेपछि अथवा आफ्नो बिदाहरुमा ।
५. यसलाई छोडिदिनुहोस्ः यसलाई पूरै तरिकाले छोड्ने त होइन तर तपाईं जति समय आफ्नो फोनसँग बिताउन चाहनुहुन्छ, त्यसलाई कम गर्नुहोस् । अब तपाईं आफ्नो फोनप्रति आकर्षित हुनुभयो भने तपाईं बिचार गर्नुहोस् कि ‘के वास्तवमा मैले यो व्यक्तिलाई अहिले नै फोन अथवा म्यासेज गर्न आवश्यक छ या म केहि बेर प्रतिक्षा गरुँ ?’
 


ADVERTISEMENT

असार २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार