×

NMB BANK
NIC ASIA

बैठकबाट मन्त्री फेरिने हल्ला हल्लामै सीमित ! के भयो मन्त्रिपरिषद्‌मा ?

असार २४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – सरकाका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको नितान्त व्यक्तिगत मामिला भएकाले मन्त्रिपरिषद् बैठकमा त्यसको छलफल हुन आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।

Muktinath Bank

मंगलवार बिहान आकस्मिक रूपमा डाकिएको मन्त्रिपरिषद् बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बास्कोटाले मन्त्रिमण्डल हेरफेर गर्ने भनेर बैठक नबोलाइएको प्रष्ट पारेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिमण्डल हेरफेर गर्ने विषय बैठकको एजेण्डा नै नभएको बास्कोटाले बताए । ‘मन्त्रिमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको नितान्त व्यक्तिगत विषय हो,’ बास्कोटाले भने, ‘यसलाई क्याबिनेटमा छलफल गर्नैपर्दैन ।’


Advertisment
Nabil box
Kumari

बिहान ७ बजे बोलाइएको मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक करीब १० बजेतिर सकिएको थियो । बास्कोटाका अनुसार बैठकमा सरकारका पछिल्ला गतिविधि र केही विवादित विधेयकबारे छलफल भएको थियो ।

Vianet communication
Laxmi Bank

यसअघि सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमवार र बिहीवार बस्ने गरेको थियो । मंगलवार बिहान ७ बजे नै खाना खाने गरी बोलाइएको बैठकले कुनै आकस्मिक निर्णय गर्ने हो कि भन्ने हल्ला राजनीतिक वृत्तमा देखिएको भएतापनि त्यस्तो केही नभएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । 

‘यो सोमवारकै बैठकको निरन्तरता हो,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै बास्कोटाले भने, ‘यसलाई आकस्मिक बैठक भन्न पनि मिल्दैन । बैठक बिहान साँझ जतिबेला पनि बस्न सक्छ ।’

बैठक बसिरहेको बेलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव बैठक छोडेर बाहिरिएपछि विभिन्न आशंका पैदा भएको थियो । सीमा नाकामा भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय सरकारले फिर्ता लिएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । मन्त्री यादवले आफूलाई सचिवहरूले डुबाएको प्रतिक्रिया दिएका थिए । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतले संसदले बजेट पास गरेपछि मन्त्रिमण्डल हेरफेर हुनसक्ने आशयका अभिव्यक्तिहरू दिँदै आएका थिए । सोमबार बजेट पारित भएको भोलिपल्ट मंगलवार प्रधानमन्त्री ओलीले ‘आकस्मिक’ बैठक बोलाएपछि मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा छलफल हुनसक्ने आशंका राजनीतिक वृत्तमा फैलिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x