भारत र न्युजील्यान्डमध्ये को पुग्ला फाइनलमा ? यस्तो छ समीकरण

असार २५, २०७६

काठमाडौं – विश्वकप क्रिकेटको पहिलो सेमीफाइनल वर्षाका कारण रिजर्भ डेमा गएको छ । 

मंगलवार वर्षाले खेल रोकेपछि अब बाँकी ओभर आज खेलिनेछ । न्युजील्यान्डले ४६.१ ओभरमा ब्याटिङ गरिरहँदा खेल रोकिएको थियो । भारतका भुवनेश्वर कुमारले बलिङ गरिरहेका थिए । त्यतिखेर न्युजील्यान्डको स्कोर पाँच विकेटमा २११ रन थियो । रोस टेलर ६७ र लाथम तीन रन बनाएर खेलिरहेका थिए । 


ADVERTISEMENT

बुधवार पनि वर्षा हुने सम्भावना छ । तर मौसम ठीक रहेमा खेल अघि बढ्नेछ र ५० ओभरकै खेल हुनेछ । भारत अहिले बलियै स्थितिमा छ । 

तर वर्षाले खेल अवरोध गरेमा भारतले डकवर्थ लिविस नियमअनुसार संशोधित टार्गेट चेज गर्नुपर्ने हुन्छ । आईसीसीको नियमअनुसार, चेज गर्ने टीमले कम्तीमा २० ओभर खेलेपछि मात्र म्याचको परिणाम निकाल्न मिल्छ ।

भारतले २० ओभर खेल्न पायो भने १४८ रन बनाउनुपर्छ । उसले २५ ओभर खेल्न पायो भने १७२, ३० ओभर खेल्न पाएमा १९२, ३५ ओभर खेल्न पाएमा २०९, ४० ओभरमा २२३ र ४६ ओभरमा २३७ रन बनाउनुपर्ने हुन्छ । 

आज एक बल पनि फ्याँक्न नमिल्ने गरी पानी परिरह्यो भने लीग स्टेजमा दुवै टीमले गरेको प्रदर्शनका आधारमा विजयी घोषणा गरिनेछ । त्यसो भयो भने भारत फाइनलमा प्रवेश गर्छ किनकि लीग चरणमा भारतले १५ अंक ल्याएको थियो भने न्युजील्यान्डले ११ अंक पाएको थियो । 

एजेन्सी

असार २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार