×

NMB BANK
NIC ASIA

धनगढी- कैलाली जिल्लाको २ पर्यटकीय स्थलको गुरूयोजना सार्वजनिक गरिएको छ । विश्व रामसार सुचीमा सूचीकृत घोडाघोडी तालको प्रवेशद्धार क्षेत्र र धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी धाम अन्तरगतको बाल उद्यनको गुरूयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको हो ।

Muktinath Bank

घोडाघोडी नगरपालिका अन्तर्गतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले गुरूयोजना अनुसार तत्काल निर्माण कार्य अगाडी बढाइने जनाइएको छ । बोर्डका उपाध्यक्ष दयाराम चौधरीका अनुुसार पूर्व–पश्चिम महेन्द्र राजमार्ग संग जोडिएको तालको प्रवेश क्षेत्रमा पानी निकास गेट, पार्क, ताल अवलोकन स्थल, काठे पूल, पानी फोहरा, विश्राम स्थलसहितका संरचना निर्माण गरिने भएको छ । गुरूयोजना अनुुसारको संरचना निर्माणमा २ वर्ष लाग्ने बताउँदै बोर्डका उपाध्यक्ष चौधरीले जसको एक करोड ९० लाख लागत अनुुमान गरिएको जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घोडाघोडी नगरपालिकाले समग्र ताल तथा सिमसार क्षेत्रको पनि गुरूयोजना निर्माणको कार्य अगाडी बढाएको छ । आउँदो फागुुनभित्र बृहत घोडाघोडी ताल तथा पर्यटन क्षेत्रको गुरूयोजना तयार गरिने जनाइएको छ । तालको संरक्षण, सम्वद्र्धन तथा पर्यापर्यटन गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले जर्मन सहयोग नियोग (जिआइजेड) को सहयोगमा १० वर्षे गुरूयोजना निर्माण प्रक्रिया बढाएको हो । घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले तालको संरक्षण र सम्वद्र्धन गरी पर्यटन विकासको लागि गुरूयोजना कोसेढुंगा सावित हुने बताए ।


Advertisment
Nabil box
Kumari

लामो प्रयासपछि निर्माणको काम सुरु भएको बताउँदै उनले पर्यापर्यटनलाई आधार बनाएर निर्माण हुने गुरूयोजनाले आयआर्जनको वातावरण सिर्जना गर्नेमा पनि आशा व्यक्त गरे । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनासहित बन्ने गुरूयोजनाले यहाँको मुहार फेरिने पनि नगरप्रमुख चौधरीको भनाई थियो ।

Vianet communication
Laxmi Bank

त्यस्तै, धनगढी उपमहानगरपालिकाले शिवपुरी धाम बाल उद्यानको गुरूयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो । शिवपुरी धाममालाई पनि पर्यटन गन्तव्य बनाउने भन्दै धनगढी उपमहानगरपालिकाले बाल उद्यानको गुरूयोजना तथा डिपिआर ल्याएको बताएको छ । ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिनादेखि स्थलगत अध्ययन÷अनुगमन गरी गुरूयोजना बनाएको थियो ।

सो कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टका अनुसार गुरू योजनामा पाकिंङ्ग स्थल, स्वीमिङ पूल, चिल्ड्रेन पार्कलगायतका संरचनाहरु रहेका छन् । सबै संरचना बालमैत्री रहने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । मन्दिर क्षेत्रको गुरू योजना यस अघि नै निर्माण भैसकेको नगरप्रमुख वडले बताए । संरचना निर्माणका लागि भ्याटबाहेक १३ करोड ४८ लाख ३५ हजार बजेट आवश्यक हुने जनाइएको छ । यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x