पर्वतको डिमुवामा कामना सेवाको ९२ औं शाखा

असार २६, २०७६

पर्वत- कामना सेवा विकास बैंक लिमिटेडले पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका सञ्चालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको थियो ।


ADVERTISEMENT

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा ९२ वटा शाखा तथा ४४ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ । 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार