कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडौं – कम्तीमा तीन इरानी डुंगाले बुधवार खाडीमा एक बेलायती तेल ट्यांकर रोक्ने कोशिश गरेपछि जलमार्गमा तनाव बढेको छ ।
होर्मुजको जलडमरु हुँदै बेलायती जहाज ब्रिटिश हेरिटेज गइरहेको बेलामा यो घटना भएको हो । इरान र अमेरिकाबीचको सम्बन्ध निकै तनावग्रस्त भएका बेलामा भइरहेका अनेकौं घटनाक्रममा यो पछिल्लो घटना हो । बेलायतले
अघिल्लो साता इरानको एक तेल ट्यांकर कब्जा गरेको थियो र तेहरानले त्यसका बदला लिने भनेको थियो ।
‘अन्तर्राष्ट्रिय कानूनविपरीत तीनवटा इरानी जहाजले ब्रिटिश हेरिटेज नामक व्यापारिक जहाज होर्मुजको जलडमरु हुँदै जाँदा बाटो रोकेका थिए,’ बेलायतको रक्षा मन्त्रालयले बिहीवार बिहान एक वक्तव्य जारी गरेर भन्यो ।
बेलायती युद्धपोत एजएमएस मोन्ट्रोज ‘इरानी डुंगा र ब्रिटिश हेरिटेजको बीचमा बस्न बाध्य भएको थियो र उसले इरानी डुंगाहरूलाई चेतावनी दियो अनि तिनीहरू अन्त लागे,’ वक्तव्यमा भनिएको छ ।
‘हामीहरू यो कार्यबाट चिन्तित भएका छौं र यस क्षेत्रमा तनाव नचर्काउन इरानी अधिकारीहरूलाई आग्रह गर्छौं ।’
इरानले यी दाबीलाई खारेज गरेको छ । परराष्ट्रमन्त्री जवाद जरिफले बेलायती आरोपहरू बेकामे भएको फार्स समाचार संस्थालाई बताए ।
‘बेलायती ट्यांकर जान पायो । बेलायतीहरूले गरेको दाबी तनाव बढाउनका लागि गरिएका हुन् र यी दाबीको कुनै मूल्य छैन,’ जरिफले भने ।
इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले पनि एक वक्तव्य जारी गरेर घटनामा आफ्नो संलग्नता नरहेको बताएको छ ।
द गार्डियनबाट
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...