मुटुमा मिर्गौलाको विशेष स्थान हुन्छ : ट्रम्प (भिडियो)

असार २६, २०७६

काठमाडौं – चिकित्सकहरूलाई तीनछक्क पार्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मुटुमा मिर्गौलाहरूको विशेष स्थान हुने बताएका छन् । 

अमेरिकामा मिर्गौलासम्बन्धी स्वास्थ्यमा सरकारलाई नीति बनाउन निर्देशन दिने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघिको भाषणमा उनले यस्तो टिप्पणी गरेका हुन् । 


ADVERTISEMENT

‘तपाईंहरूले यी कुरामा निकै मेहनत गर्नुभएको छ । मिर्गौलामा निकै काम गर्नुभएको छ । मुटुमा मिर्गौलाको विशेष स्थान हुन्छ, यो अविश्वसनीय छ,’ ट्रम्पले बुधवार वाशिङटन डीसीस्थित इन्टरनेसनल ट्रेड सेन्टरमा बोल्दै बताए । 

ट्रम्पले मिर्गौला पनि मुटु जत्तिकै महत्त्वपूर्ण अंग हो भन्न खोजेको हुनुपर्छ । 

ह्वाइट हाउसको डोमेस्टिक पोलिसी काउन्सिलका प्रमुख जो ग्रोगानले मिर्गौला रोग अमेरिकामा मृत्युको नवौं प्रमुख कारण हो र यसले अमेरिकी करदाताहरूको ११० अर्ब डलर नाश गर्ने गरेको बताए ।

एजेन्सी 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस