राससले हटायो तस्विर, संवाददातालाई सोधियो स्पष्टीकरण

असार २६, २०७६

काठमाडौं–राष्ट्रिय समाचार समिति (रासस)ले गल्ती भेटिएपछि बिहीवार प्रकाशित एक तस्विर हटाएको छ ।

दुईवर्ष पहिले नै प्रकाशित भइसकेको तस्विर बिहीवार पुनः प्रकाशित भएको तथ्य लोकान्तर डटकममा समाचार प्रकाशित भएपछि राससले सो तस्विर हटाएको हो । 


ADVERTISEMENT

राससका डोटी सम्वाददाता विमलबहादुर विष्टले पठाएको तस्विर डडेल्धुरा रिपोर्टर धनबहादुर भण्डारीको नामबाट प्रकाशित यसअघि २०७४ साउन १० गते प्रकाशित भइसकेको थियो ।

दुईवर्ष पुरानो तस्विर पठाउने संवाददातालाई राससले मौखिक स्पष्टीकरण सोधिसकिएको स्टिङगर संयोजक प्रकाश सिलवालले लोकान्तरलाई जानकारी दिए । 
 

सरकारी मिडिया राससमा यत्रो बदमासी : २ वर्षपछि उस्तै फोटो कसरी दोहोरियो ?

 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस