भारतीय दूतावासको पत्रबारे मन्त्रीहरू पन्छिए, प्रधानमन्त्री लज्जित

असार २७, २०७६

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरूबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामु लज्जित हुनुपरेको बताएका छन् । 

त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरू भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् । 


ADVERTISEMENT

राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए । उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरूको खोजी गरिने बताए । ‘दूतावासको पत्र आएको रहेछ । मलाई जानकारी दिइएन । पत्र आएर पनि मलाई झूटो बोल्न लगाइयो । भूलचूक र नियतवश के हो, म बुझ्दै छु,’ प्रधानमन्त्रीले भने, ‘खोज्दै छु । त्यसपछि के गर्नुपर्ने हो, गर्छु ।’

आफूलाई जानकारी नगराइएकै कारण नेपाली जनतासामु दूतावासको पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिएको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस