देशभर मौसमी वर्षाः विभिन्न राजमार्ग अवरुद्ध, सर्तक रहन आग्रह

असार २७, २०७६

काठमाडौं–हाल देशभर मौसमी वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुन न्यून चापिय रेखा तराईको भूभागमा अवस्थित छ । यस्तै मध्य र पूर्वी भूभागमा न्यून चापिय क्षेत्र  समेत रहेको छ । जसका कारण आगामि २–३ दिन सम्म मनसुन अति सक्रिय भैरहने सम्भावना रहेको विभाग अन्तर्गतको मौसन पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारि वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै राती  देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षाहुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुनेछ। 


ADVERTISEMENT

विभागले  पूर्व र मध्य क्षेत्रका पहाडि भूभागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाएको छ । 

यसैबीच अविरल वर्षापछि काभ्रेको रोशी गाउँपालिका ११ मा पर्ने बीपी राजमार्गस्थित पिप्ले कालढुंगा भन्ने स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ । 

यस्तै बुटबल–पाल्पा सडक, लमजुङबाट मनाङ जाने सडक, भोजपुरबाट धरान जाने सडक पनि प्रभावित भएको छ । यस्तै विराजनगर, नेपालगन्ज लगायतका स्थानमा डुबानको समस्या समेत देखिएको छ । 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस