विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

असार २७, २०७६

चितवन– प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई चितवनबाट पक्राउ गरेको छ ।

चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नम्बर २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नम्बर २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विक्रम संवत् २०७१ मंसिर ८ गतेदेखि नै सो पार्टीमा आबद्ध थिइन् ।

उनी पार्टीको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै विगत १ वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खड्काबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार