वर्षाका कारण पहाडी क्षेत्रका आन्तरिक हवाइ उडान अवरुद्ध

फाइल फोटो
असार २७, २०७६

काठमाडौं – अविरल वर्षा कारण कतिपय आन्तरिक उडान अवरुद्ध भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान तर्फका पहाडी जिल्लाका सबैजसो उडान अवरुद्ध भएको एयरपोर्ट प्रहरीले जनाएको छ । 


ADVERTISEMENT

पडाडी जिल्लाका लुक्ला, भोजपुर, तुम्लिङटार, फाप्लु, लामिडाँडा र तराईका भद्रपुर र जनकपुर विमानस्थलको उडान अवरुद्ध भएको एयरपोर्ट प्रहरीका एसएसपी सन्दीप भण्डारीले बताए ।

भण्डारीले भैरहवा, पोखरा र विराटनगर विमानस्थल सञ्चालनमा रहेको जानकारी दिए । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार