वर्षाले ढल्यो सिंहदरबारको पर्खाल, आवतजावत अवरुद्ध

केशव भण्डारीको फेसबूक वालबाट
असार २७, २०७६

काठमाडौं – अविरल वर्षाले सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल ढलेको छ ।

पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।


ADVERTISEMENT

बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस