गुडिरहेको स्कूल बसमाथि सिंगै रुख बजारिँदा ...

वडा सदस्य परमानन्द जोशीको फेसबूकबाट
असार २७, २०७६

महेन्द्रनगर – कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ ।

शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् ।


ADVERTISEMENT

स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन् ।

घटनापछि उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘सडक छेउछाउका रुखहरूको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस् ।’

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस