९० डिग्री कोणमा घाँटी बांगिएकी बालिका शल्यक्रियाको प्रतीक्षामा

साउन ५, २०७६

काठमाडौं – पाकिस्तानकी ११ वर्षीया बालिका आफशीन कुम्बारलाई अनौठो रोग लागेकाले उनको घाँटी ९० डिग्रीको कोणमा बांगिएको छ । 

अंग्रेजीमा टोर्टिकोलिस नामक रोगका कारण कुम्बारको घाँटी बांगिएको हो । 


ADVERTISEMENT

उनी जम्मा आठ महिनाकी हुँदा यो समस्या देखिएको थियो । त्यतिखेर घरबाहिर खेल्दै गर्दा उनको घाँटीमा चोट लागेको थियो ।

टाउको ठाडो पार्न नसक्दा आफशीन निरन्तर पीडामा छिन् । उनलाई खाना खान, शौचालय जान र हिँड्न समेत कष्ट हुने गरेको छ । 

रोगका कारण उनी विद्यालय समेत जान सकेकी छैनन् । आमा जमीलान र दाइ मोहम्मद याकूब कुम्बारसँग उनी घरैमा बसिरहेकी छन् । 

चिकित्सकहरू समेत उनको रोग देखेर छक्क परेका छन् भने परिवार चाहिँ उनको भविष्यको कल्पना गरेर चिन्तित छ ।

आफशीनका पिताको गत वर्ष क्यान्सरका कारण मृत्यु भएपछि परिवारले आफशीनको शल्यक्रियाका लागि पैसा जुटाउन समेत सकेको छैन । जमीलानले घरेलु कामदारका रूपमा थोरै पैसा कमाएर परिवारको पेट पाल्ने गरेकी छन् । 
आफशीनलाई कराँचीको आगा खान युनिभर्सिटी अस्पतालमा गत फेब्रुअरी महिनामा स्वास्थ्य जाँचका लागि लगिएको थियो । एकजना महिलाले पैसा जुटाइदिएपछि उनको शल्यक्रिया गरिने सम्भावना छ ।

एजेन्सी
 

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस