डिभिजन वन कार्यालयका प्रमुख ४ लाख घुससहित अख्तियारको फन्दामा

असार २७, २०७६

सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख चार लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई शुक्रवार कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो । 


ADVERTISEMENT

आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार