कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ - उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । उनले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेको भवन उद्घाटन गरेका हुन् ।
उपप्रधानमन्त्री यादवले अस्पतालको विकासका लागि नेपाल सरकार आवश्यक सहयोगका लागि सधैँ तयार रहेको बताए । वीर अस्पताल पछिल्लो दिनमा गर्व गर्न लायक अस्पताल बन्दै गइरहेको उनले औंल्याए ।
अस्पतालमा कार्यरत कर्मचारी कर्तव्यनिष्ठ भएर काममा लाग्न उनले निर्देशन दिए । उनले भने, 'म यो अस्पतालमा काम गर्छु भन्दा आफूलाई गर्व लाग्ने गरेर काममा लाग्नुपर्छ ।'
चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा देवनारायण साहले नयाँ भवन निर्माण भएपछि जनआकाङ्क्षा बढ्ने हुँदा कर्मचारीले पनि थप काम गर्नुपर्ने बताए । कार्यरत कर्मचारी थप अनुशासित भएर काम गर्नुपर्नेमा उनको जोड छ । उनले भने, 'कर्मचारीहरु समयमा नै अस्पतालमा आउने र आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्छ ।'
विसं २०७२ को भूकम्पका समयमा अस्पतालको यो भवन क्षतिग्रस्त बनेपछि जाइकाले पुनःनिर्माण शुरु गरेको हो । नवनिर्मित भवनमा कोर्डियोलोजी, ग्यास्ट्रोलोजी र नेफ्रोलोजी विभाग रहने अस्पतालले जनाएको छ । जाइकाले यो अस्पताल र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल एउटै आयोजनामा निर्माण गरेको हो । दुवै अस्पतालको गरेर जम्मा लागत रु दुई अर्ब ३६ करोड रहेको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...