त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७ बजेदेखि खुल्ने

असार २७, २०७६

काठमाडौँ - यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवार साँझ ७ बजेदेखि सुचारु हुनेभएको छ । 

विमानस्थल प्रवक्ता प्रतापबाबू तिवारीले लोकान्तरलाई जानकारी दिँदै विमानस्थल ७ बजेबाट खुल्ने बताएका हुन् । शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो । 


ADVERTISEMENT

त्यसलगत्तै विमान दुर्घटना भएपछि २ बजे सम्म विमानस्थल बन्द रहने जानकारी सञ्चारमाध्यमहरूलाई दिइएको थियो ।

 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस