विप्लवमाथि थप कठोर बन्दै प्रहरी, सर्वोच्चको आदेश लत्याउँदै गिरफ्तारीमा उत्रियो

असार २७, २०७६

धनगढी- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कैलालीका जिल्ला अध्यक्ष बबरजंग सिंहलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश जारी गरेपनि उनलाई जिल्ला अदालत कैलालीबाट निस्केको केही समयमा नै पुनः गिरफ्तार गरेको हो ।


ADVERTISEMENT

उनलाई धनगढी उपमहानगरपालिकाको जुगेडाबाट गिरफ्तार गरेको सिंहकी पत्नी जयलक्ष्मी बमले जानकारी दिइन् । उनका अनुसार जगुेडाबाट पक्राउ गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा पु¥याएर पनि मोटरसाइकलमा बसाएर अन्यत्र लगेको छ ।

सिंहलाई प्रहरीले वैशाख २७ गते धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयबाट पक्राउ गरेको थियो । पक्राउ परेका सिंहलाई प्रहरीले राजद्रोह अपराध र फौजदारी उपद्रव मुद्धा चलायो ।

तर उनका परिवारजनले जेठ ३ गते लगाइएको मुद्धा विरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रतिक्षीकरण सम्बन्धी रिट दायर गरे । जेठ ८ गते सर्वोच्चले उपस्थित हुन आदेश जारी ग¥र्यो । तर जिल्ला अदालत कैलालीले जेठ १५ गते फौजदारी उपद्रव मुद्धा अन्तरगत २ लाख र राजद्रोह अपराध मुद्धा अन्तरगत ३ लाख गरी ५ लाख धरौती माग गर्ने फैसला सुनायो ।

तर धरौटी बुझाउन नसक्दा उनलाई पुर्पक्षको लागि कारागार चलान गरियो । उता सर्वोच्च अदालतले असार २७ गते अर्को आदेश जारी गर्दै उनलाई थुनामुक्त गर्न आदेश गरेको जिल्ला कारागार कैलालीले जनायो । प्रमाण नपुगेको भन्दै लगाइएको मुद्धा खारेज गर्दै सर्वोच्चले सिंहलाई थुुनामुक्त गर्न पत्रचार गरेको जिल्ला कारागारको पत्रमा उल्लेख छ ।

तर थुनामुक्त गर्न जिल्ला अदालत कैलालीमा उपस्थित गराइएका उनलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले सिंहलाई पक्राउ गरेको वारे जानकारी नभएको बताए ।

असार २७, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस